काबुलमा विस्फोट हुँदा पाँचको मृत्यु

काबुल : अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्षित गर्दै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई प्रहरी र एक महिलासहित तीन सर्वसाधारण रहेका काबुल प्रहरीले जनाएको छ । विस्फोटमा परी अन्य दुई जना घाइते भएका काबुलले प्रहरीले पुष्टि गरेको छ ।
विस्फोटहरू बिहानको व्यस्त समय भएका थिए । पहिलो विस्फोट स्थानीय समयानुसार शनिबार बिहान ८ बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन शनिबार बिहान १० : २० बजे भएको काबुलका प्रहरी प्रवक्ता फरदौस फारामारसले सिन्ह्वा सामाचार समितिलाई जानकारी दिए ।
घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको र विस्तृत विवरणको लागि अपराध अनुसन्धान विभागसहित संयुक्त सुरक्षा टोली खटिएको प्रहरीले बताएको छ । (रासस)

'कम्बोडियामा क्यान्सरबाट हरेक दिन ३८ जनाको मृत्यु'

एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

गाजामा भएको इजरायली हमलामा १९ जनाको मृत्यु

विदेशमा निर्माण हुने सबै चलचित्रमाथि सतप्रतिशत कर लगाउन ट्रम्पको आदेश

नुनकाे ढिकाेका कारण पाकिस्तानसँग झुक्नु पर्ने हुन्छ भारतले

अष्ट्रेलियामा बिपक्षी नेताले नै हारे चुनाव, २० बर्ष पछि लेवर पार्टी बहुमतमा

अमेरिकाद्वारा युक्रेनलाई तीन अर्ब १० करोड बराबरको सैन्य सहयोग घोषणा

प्रतिक्रिया