राष्ट्रपति आफ्नो पदीय दायित्वबाट विमुख हुनुभयो : डा. कोइराला

जनकपुरधाम : नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले संविधानको संरक्षक राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पदीय दायित्वबाट विमुख भएको बताएका छन् । शनिबार प्रेस युनियनले जनकपुरमा गरेको पत्रकार सम्मेलनमा डा. कोइरालाले हजारौं सहिदको बलिदानीबाट प्राप्त प्रजातन्त्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्रमाथि लोकतन्त्रका रक्षक प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारी नै धराप पार्न लागेका बताए ।
उनले भने, 'प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको उल्लंघन गर्दा सचेत गराउनुको सट्टा राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदीय दायित्वबाट विमुख भई दलीय स्वार्थमा लागेर प्रतिनिधि सभा विघटनको सिफारिसमा स्टाम्प लगाएर सदर गर्दै गर्नुभयो ।' असंवैधानिक सिफारिस राष्ट्रपतिले सदर गर्नु गलत राजनीतिको अभ्यास भएको उनको भनाइ छ ।
मुलुकलाई गम्भीर दुर्घटनामा धकेल्न ओलीले काम चलाउ भएको बेलामा पनि असंवैधानिक अलोकतान्त्रिक तरिकाले विभिन्न नियुक्ति र सरुवा बढुवा गर्दै आएको बताए । कोइरालाले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधि सभा विघटनको कदम लोकतन्त्र, गणतन्त्र र संघीयता विरोधी भएको बताए । सर्वोच्चले पनि त्यही निर्णयलाई सदर गर्दा प्रमाण खुलाउनु पर्ने उनले बताए ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया