युवा संघ ओलीको साइबर सेना बन्ने

काठमाडौँ : नेकपा (ओली समूह) निकट राष्ट्रिय युवा संघ नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको साइबर सेना बनेर काम गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष बचनबहादुर सिंहले माघ २५ र २६ गते बसेको संघको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको बताए । समाजिक सञ्जालमा सरकार र प्रधानमन्त्री ओलीविरुद्ध भइरहेको गलत प्रचारलाई नियन्त्रण गर्ने काम साइबर सेनाले गर्ने पनि प्रष्ट पारे ।
आफूलाई वुद्धिमान ठान्नेहरूले सरकार र कम्युनिष्ट पार्टीबारे जनतालाई दिगभ्रमित पार्ने काम सामाजिक सञ्जालबाट गरिरहेकोले त्यसलाई नियन्त्रण गर्न साइबर सेनाले आफ्नो विवेक प्रयोग गरी परिचालन हुने बताए । यस्तै अध्यक्ष सिंहले आगामी चैत मसान्त भित्रमा ७७ वटै जिल्लामा युवा संघको समिति निर्माण गर्ने, सबै संघीय निर्वाचन क्षेत्रमा समन्वय कमिटी, प्रदेश निर्वाचन क्षेत्र समन्वय कमिटी, स्थानीय तहहरू र वडाहरूमा वटा कमिटी गठन गरी सुदृढ कमिटी प्रणाली स्थापित गर्ने निर्णय गरेकोसमेत बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लिएएको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई पुरा गर्न र पार्टीलाई सहयोग गर्न बर्दीबिनाको सेनाको रूपमा ५ लाख सदस्यता वितरण गर्ने पनि सिंहले बताए । दाहाल–नेपाल समूहको सत्ता मोहका कारण जनतामा निरासा छाइरहेको अवस्थामा प्रधानमन्त्री ओली नेतृत्वको पार्टीले जनतालाई निरुत्साहित हुन नदिने समेत अध्यक्ष सिंहले बताए ।
आगामी बैशाख १७ र २७ गते हुन गइरहेको मध्यावधि निर्वाचनमा युवा संघ केन्द्रित हुने पनि उनले बताए । सरकारलाई गरिएको घेरावन्दीलाई चिरफार गर्दै राष्ट्रिय युवा संघमा कुनै धार, गुट र समूह बन्न नदिने पनि अध्यक्ष सिंहले बताए ।
र याे पनि...
मण्डले प्रतिरुपमा ‘साइबर अपराधी’हरू
पत्रकार थापा र शर्मामाथि खनिए महेश बस्नेत (भिडियोसहित)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया