ओलीको प्रतिगमनलाई घुडा टेकाउँछौ : भीम आचार्य
प्रदेश सभा भंग गरेर देखाउन मुख्यमन्त्री राईलाई चुनौति

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-माधव समूहका स्थायी कमिटी सदस्य एवं प्रदेश-१ का सांसद भीम आचार्यले प्रदेश सभा भंग गर्ने धम्की नदिन मुख्यमन्त्री शेरधन राईलाई चुनौति दिएका छन् ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रदेश सांसद आचार्यले मुख्यमन्त्री राईसँग प्रदेशसभा भंग गर्ने तागत नभएको बताएका हुन् । मुख्यमन्त्रीले प्रदेश सभाका सभामुख, उपसभामुख र सांसदहरुलाई धम्क्याउने र तर्साउने काम गरिराखेको उल्लेख गर्दै सांसद आचार्यले त्यसको कडा प्रतिवाद हुने समेत चेतावनी दिए ।
सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मुख्यमन्त्री राई संसदबाट भागिरहेको उनको आरोप छ । संविधानले नै २५ प्रतिशत सांसदहरुलाई सरकारको विरुद्धमा अविश्वासको प्रस्ताव दर्ता गर्ने अधिकार दिएको र त्यसलाई प्रक्रियामा लैजानु पर्नेमा संसद नै बस्न नदिइएको उनले दाबी गरे ।
सरकार आफैले बोलाएको संसद आफैले अवरोध गरिरहेको उनको भनाई छ । आफूहरु प्रतिगमनको विरुद्धमा आन्दोलन गरिरहेको र जनताले समेत साथ दिएकोले प्रतिगमनलाई घोडा टेकाएर छाड्ने पनि आचार्यले बताए ।
प्रतिगमनकारी मतियार र समर्थकहरुलाई जसरी पनि ट्रयाकमा ल्याउने आचार्यले बताए । प्रदेश सभा बैठक भोलिदेखि लगातार बस्नुपर्ने र अविश्वासको प्रस्तावमा छफफल भई टुंगोमा पुग्नुपर्ने उनको भनाई छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले पनि अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने आचार्यले दाबी गरे ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया