प्रदेश-२ प्रमुख पदमुक्त प्रकरण : 'न्यायका लागि अदालत जान्छु'

जनकपुरधाम : प्रदेश २ को प्रमुखबाट बर्खास्त भएका निवर्तमान प्रदेश प्रमुख तिलक परियारले न्यायका लागि अदालत जाने बताएका छन् । शुक्रबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, 'सरकारको यस निर्णयबाट म आफैँ दङ्ग परेको छु, न कुनै जानकारी, न कुनै स्पष्टीकरण । संवैधानिक पदमा बसेका व्यक्तिलाई एक्कासी बर्खास्त यो गलत नजिरको सुरुवात हो ।'
उनले आफ्नो कार्यसम्पादन निर्विवाद रहेको दाबी गर्दै आफ्नो बर्खास्तीलाई दलित समूदायमाथिको आक्रमण पनि भनेका छन् । 'यो मेरो व्यक्तिगत मात्र नभई सिङ्गो दलित समूदाय माथिको आक्रमण हो । काठमाडौँ फर्केपछि न्यायका लागि अब अदालत जानेछु' उनले भने ।
उनले आफूलाई शंका र उपशंकाको भरमा पदमुक्त गरेको पनि बताए । 'म निष्पक्ष र इमान्दारीका साथ आफ्नो काम गर्दै आइरहेको थिए न कुनै गुट उपगुटमा लागेको थिए, तर शंका उपशंकाको भरमा मलाई पदमुक्त गर्नु गलत हो' उनले भने । परियारले आफूले गलत काम गरेको भए राष्ट्रपतिले स्पष्टीकरण सोध्ने व्यवस्था रहेको भन्दै त्यसाे नगरिएको प्रति आपत्ति जनाए ।
'म बाट कुनै गलत वा विवादित काम भएको छ भने राष्ट्रपतिले स्पष्टीकरण लिन सक्थ्यो,' उनले भने, 'तर, त्यस्तो नगरेर दलित भएको वा कर्मचारीबीचको अडियो प्रकरणले पदमुक्त गर्नु गलत हो म कानूनी उपचार खोज्छु ।'
पूर्वमाओवादी भएकै कारण हटाउनु गलत भएको उनको भनाइ छ । 'आशंकाको भरमा पूर्व माओवादीबाट आएको हो फलानो गुटको होला भन्ने कारणले यदि पदमुक्त गरिएको हो भने त्यो दूर्भाग्यपुर्ण हो,' उनले भने, 'पदमुक्त गर्न तथ्य र प्रमाण आवश्यक छ जुन यो सरकारसँग छैन ।'

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया