शेरबहादुर देउवाले विघटन गरेको संसदलाई पनि आन्दोलनबाटै फर्काएका हौँ : रामचन्द्र पौडेल

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विगतमा सभापति शेरबहादुर देउवाले विघटन गरेको संसद् पनि आन्दोलनबाट फर्काएको भन्दै अहिले पनि आन्दोलनमै जानुपर्ने बताएका छन् । धरान उपमहानगरपालिकामा रहेको वीपी पार्कमा वीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गर्दै पौडेलले अहिले पनि केपी ओलीले विघटन गरेको प्रतिनिधि सभा आन्दोलनकै माध्यमबाट फर्काउनुपर्ने बताएका हुन् ।
‘हामीले आन्दोलनबाट नै संसद फर्काएर ल्याएको हो । शेरबहादुर देउवाले विघटन गरेको संसदलाई आन्दोलनबाट फर्काएको हो नि,’ पौडेलले भने, ‘फेरि इतिहास नदोहोरियोस् २०६२-६३ को जस्तो । अदालतले संसद विघटनलाई सदर गरोस अनि फेरि ठूलो आन्दोलन होस अनि त्यही आन्दोलनका बलमा संसद पुनःस्थापना गर्नुपर्ने दिन नआओस् ।’
पौडेलले अहिले घोषाणा भएको चुनाव नहुने पनि दाबी गरे । ‘यो चुनाव त हुनेवाला छैन् । चुनाव गर्छु भनेकाले बैशाख २७ गतेसम्म केपी ओलीसँग शासन गर्ने अधिकार होला तर त्यो भन्दा पछि शासन गर्ने अधिकार कोसँग हुन्छ । त्यसो हुँदा मुलुकमा अराजकता आउछ’ उनले भने । देशमा अराजक बढ्दै गए हतियार हुनेहरू शक्तिशाली हुने दिन आउने पनि उनले बताए । ‘अराजक बढ्दै गए यो राज्यलाई नेत्रविक्रम चन्दहरुले पनि च्यालेन्ज गर्ने भए सेनाले पनि च्यालेन्ज गर्ने भए । जोसँग हतियार छ उसैले राज्यलाई च्यालेन्ज गर्ने भए । जोसँग हतियार छ उहि शक्तिशाली हुने दिन आउछन्,’ पौडेलले भने, ‘कोसँ हुन्छ शासन गर्ने अधिकार । मुलुकमा यस्तो अवस्था आउदै छ ।’
उनले देशलाई सबै किसिमका समस्याबाट उतार्न नेपाली कांग्रेसले मात्रै सक्ने पनि बताए । ‘मेरो पार्टीमा पार्टीका नेताहरुसँग यही आग्रह हो । नेपाली कांग्रेस जस्तो पार्टीले मुलुकमा संकट भएका बेलामा रमिते बन्न हुँदैन,’ उनले भने, ‘कांग्रेस देशको वारेस हो । कांग्रेस देशको भरोसा हो । हिजो राजा थिए । आजको भरोसा राजनीति दल नै हुन् । राजनीति दलहरुलाई पनि नेपाली जनताले भरोसा गरेका थिए । ती जनतालाई धोका दिएर कता कता पुगे ।’

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया