निर्वाचन आयोगको कामप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि

काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले सरकारले घोषणा गरेको निर्वाचनको तयारीमा निर्वाचन आयोगको कामप्रति असन्तुष्टि व्यक्त गरेका छन् । ७१औ प्रजातन्त्र दिवसका अवसरमा पर्यटन मन्त्रालय र प्रज्ञा प्रतिष्ठानले काठमाडौँमा संयुक्त रूपमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनको मिति नजिकिंदै गर्दा पनि आयोगले कार्यतालिकासमेत प्रकाशित गर्न नसकेको भन्दै असन्तुष्टि जनाए ।
‘निर्वाचन गर्नुपर्ने निकायले समयमा गर्नुपर्दछ,’ उनले भने, ‘मैले प्रतिनिधि सभा विघटन गरेपछि ६ गते नै बोलाएर आयोगलाई तयारी गर्नुस् भनेको थिएँ । मैले अस्ती गएर पनि सोधेँ। तयारी गर्दैछौ भन्नु भयो । तर कार्यक्रम प्रकाशित भएको छैन । के तयारी गर्नुभयो ? आयोगको काम त्यति राम्रो देखिएको छैन । जनताले निर्वाचनको तयारी गरेको थाहा नपाएको भन्दै उनले समयमा नै निर्वाचन गर्ने गरी तयारीमा जुट्न आयोगको ध्यानाकर्षण गराए ।
देश ताजा जनादेशका लागि निर्वाचनमा जान लागेको भन्दै कुनै पनि षड्यन्त्रले निर्वाचनलाई रोक्न नसक्ने उनले बताए । प्रधानमन्त्री ओलीले केही तत्वले मुलुकलाई अस्थिरताको चक्रव्यूहमा पार्न खोजेको भन्दै गम्भीर हुनुपर्ने बेला आएको धारणा राखे । उनले अग्रगामी सोचका साथ काम गरिरहेको सरकारलाई रुमल्ने प्रयासलाई आफूले परास्त गरेको बताए ।
ताजा जनादेशमा जाने निर्णयले संविधान नमिचिएको र लोकतन्त्र पनि खतरामा नपरेको उनको भनाइ छ । ओलीले दाहाल-नेपाल पक्षले पार्टी फुटाएको घोषणा गरेको भन्दै आफू झगडियाको बीचमा नपर्ने उल्लेख गरे।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया