ओलीका कारण लोकतन्त्र गुम्ने खतरा : मुख्यमन्त्री राउत

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण लोकतन्त्रले दिएको अधिकार गुम्ने अवस्थामा पुगेको बताएका छन् । शुक्रबार ७१औं प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले एक व्यक्तिको सत्ता लोभका कारण लोकतन्त्र समाप्त हुने अवस्थामा पुगेको बताए । लोकतन्त्रपछि प्राप्त उपलब्धी संघीयता र गणतन्त्रसमेत प्रधानमन्त्री ओली पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधि सभा विघटन जस्ता अलोकतान्त्रिक/असंधानिक कदम चालेर समाप्त पार्न जुटेको बताए ।
यसविरूद्ध सम्पूर्ण लोकतान्त्रिक शक्ति एक भएर अघि बढनु पर्ने उनको भनाइ छ । वर्तमान अन्यौलताबाट निकास र संविधानको रक्षाका लागि सम्पूर्ण लोकतन्त्र पक्षधरलाई सर्वोच्च अदालतले निकास दिनेमा विश्वास व्यक्त गरे । 'नेपाली जनताको पटक-पटकको बलिदानीबाट प्राप्त उपलब्धी हामी गुम्न दिने छैनौ,' उनले भने, 'अदालतले पनि यसको रक्षा गर्छ । अहिले अन्यौलताको स्थिति छ । तर,सर्वोच्चले उपलब्धिलाई बचाउँदै अन्यौलता हटाउनेमा विश्वस्त छु ।'
उनले यस संविधानमा रहेका केही त्रुटिलाई सच्याएर संविधान सबैको बनाउनुपर्ने बताए । यस विषयमा मतभेद कायम रहेको र यसका लागि आफूहरू संघर्षमै रहेको उनले धारणा राखे ।

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

प्रतिक्रिया