शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

दाहाल-नेपाल समूहले किन बोलायो नागरिकतासहित आकस्मिक केन्द्रीय कमिटी बैठक ?

फाइल तस्बिर

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहले केन्द्रीय कमिटीको आकस्मिक बैठक बस्‍दै छ । दाहाल-नेपाल समूहका केन्द्रीय सदस्यहरूलाई नागरिकता लिएर बैठकमा उपस्थित हुन बिहीबार सर्कुलर गरेको थियो ।

'हामीलाई नागरिता लिएर बैठकमा बोलाइएको थियो' नेकपाकी केन्द्रीय सदस्य दिलु पन्तले भनिन् 'किन नागरिता लिएर बोलाउनु भएको हो केही भन्‍नु भएको छैन् ।' पन्तले इकागजलाई दिएकव जानकारी अनुसार अहिले धमाधम नागरिता संकलन गरिँदैछ । धेरै संकलन गर्नुपर्ने भएकाले १ बजे बस्‍ने भनिएको बैठक अझै सुरु भएको छैन् ।

नेकपा दाहाल-नेपाल समूले सबैको नागरितासहित आधिकारिताका लागि निर्वाचन आयोगमा बुझाउन नागरिकता संकलन गरिएको एक नेताले जानकारी दिए ।