पदम गौतमको उपन्यास 'विश्रामपुर' सार्वजनिक

काठमाडौं : पदम गौतमद्वारा लिखित उपन्यास 'विश्रामपुर' बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो 'विश्रामपुर' । यस अघि उनका 'फूलको लासमाथि' र 'रगतको शयनकक्षमा' कविता संग्रह तथा 'एकलासको फूल' र 'घाम झुल्कनुअघि' गजल संग्रह प्रकाशित छन् ।
राजनीतिले लगातार चुसेको एक देहाती गाउँको कथा हो – 'विश्रामपुर' । उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका कथासँग मिल्छन । आन्चालिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमत संग्रहदेखि यता झन्डै चार दशकको राजनीतिक, सामाजिक र आर्थिक चित्रण छ ।
लेखकले उपन्यासलाई राजनीतिले देखाएको सपना र सत्ताले गर्ने सपनाको हत्यापछि पिँधमा रहेका नागरिकले भोग्नुपर्ने भुक्तमानको दस्तावेजीकरणको रुपमा व्याख्या गरेका छन् ।
' यो उपन्यासको भावभूमि र मुख्य विषय तीन-चार दशकअघिका त्यहाँका मान्छेका सपनाको हत्या हो । मैले समाजका सपना र मेरा कल्पनालाई एकै ठाउँमा जोड्ने प्रयास गरें धेरै पटक । पात्र र गाउँ काल्पनिक भएपनि सपना उही हुन्, मान्छेका कथा उही हुन् ' लेखकको भनाइ छ । सांग्रिला बुक्सले प्रकाशन गरेको 'विश्रामपुर' उपन्यास २७२ पृष्ठको छ र यसको मूल्य ४८४ रहेको छ ।

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

‘लालीबजार’ मा स्वस्तिमा

विनोद शाहीको डेब्यु अभिनय र निर्देशनमा 'अन्त नसरे' (भिडियो)

सात चलचित्र भवनमा ‘अञ्जिला’ ले पूरा गर्यो प्रदर्शनको एक सय दिन

प्रतिक्रिया