'समृद्धिको चाहनामा तुसारापात गर्ने उद्देश्यले अविश्वासको प्रस्ताव आयो'

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताको विकास र समृद्धिको चाहनामा तुसारापात गर्ने उद्देश्यका साथ आफूविरुद्ध अविश्वासको प्रस्ताव आएको दाबी गरेका छन् । प्रजातन्त्र दिवशका अवसरमा विराटनगरमा आयोजित समारोहमा बोल्दै मुख्यमन्त्री राईले प्रदेशमा समेत अस्थिरता र अराजकता सिर्जना गर्ने, संघीयताको मुटुको रूपमा रहेको संरचनालाई कमजोर बनाउने उद्देश्यले अविश्वासको प्रस्ताव आएको बताए । विधि सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार रहेको उनको भनाइ छ ।
‘सरकार भाग्न खोजेको छैन,’ उनले भने, 'तर्किन र पन्छिन खोजेको पनि होइन । तर हामीले केही वैधानिक प्रश्नहरू उठाएका छौं । ती हाम्रा पद र कार्यकालसंग सम्बन्धित छैनन् । नितान्त, संविधान, कानुन, र त्यसबाट निर्देशित दलीय कानुन, र दलीय वैैधानिक ब्यवस्थाहरूसंग सम्बन्धित छन् । तीनमा हामी लचिलो हुन सक्दैनौं ।’
संविधान कानुन र विधी विधान मिच्ने कुरासंग सम्झौता नहुने उनले बताए । दुनियाँका लोकतान्त्रिक मुलुकहरूको संसदीय अभ्यास र हाम्रो संसदीय अभ्यास र मुल्य मान्यतामा, दलीय ब्यवस्था र प्रणालीमा दल र त्यसका विधानहरू नै प्रमुख हुने मुख्यमन्त्री राईको भनाइ थियो । दलीय व्यवस्थामा दलका सदस्यहरू लगाम बाहिर र स्वतन्त्र नहुने दाबी गरे ।
विगत तीन वर्षलाई महत्वपूर्ण कानुनी, प्रसासनिक तथा विकास र निर्माणका आधार र संरचनाहरू तयार गर्दै विताएको उनले बताए । ‘कुहिएका फल र सुकेका पत्ताहरू झरे । तर हामी कही चुकेका छैनौं । कही झुकेका छैनौं’ मुख्यमन्त्री राईले भने, ‘सिंगो प्रदेश र प्रदेशबासी जनताको शीर झुक्ने कुनै काम गरेका छैनौ ।’
देशमा नयाँ परिस्थिति सिर्जना भएको भन्दै मुख्यमन्त्री राईले देश ताजा जनादेशका लागी निर्वाचनमा गएको दाबी गरे । बैशाख १७ र २७ का लागि निर्वाचन आयोगले तयारी सुरु गरेको र कुनै न कुनै रूपमा सबै दलहरूले निर्वाचनको तयारी गरिरहेको उनको भनाइ थियो ।
‘यो निर्वाचन हाम्रो चाहना थिएन । तर देशमा अराजकता सिर्जना गर्ने, अस्थिरता पैदा गर्ने, आफ्नै दलको दुई तिहाइ बहुमतको सरकार ढालेर, ६, ६ महिनामा सरकार बनाउने र ढाल्ने फोहोरी खेल भयो’ उनले भने, ‘ देशलाई जोगाउन ताजा जनादेशमा जाने निर्णय अन्तिम हो ।’

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_k7mj0XF0Az_wwmb6mqdox3vmcf8zfy7h2grhjvulj1bphymc0jxsjazwzlnub5br65x4e3c.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

प्रतिक्रिया