संविधान कोमामा पुगेको छ, हामी पनि कोमामै छौँ : पाठक

काठमाडौँ : वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले प्रतिनिधि सभा विघटन सरकारको स्वेच्छाचारी कदम भएको दाबी गरेकी छिन् । एमिकस क्युरीका तर्फबाट अन्तिम सदस्यका रुपमा शुक्रबार बहस गर्दै वरिष्ठ अधिवक्ता पाठकले संविधानमा व्यवस्था नै नभएको अवस्थामा प्रतिनिधि सभा विघटन गर्नु ओलीको स्वेच्छाचारी कदम भएको तर्क गरिन् ।
‘सरकारको स्वेच्छाचारी कदम गम्भीर रूपमा हेर्नुपर्छ’ बहसका क्रममा उनले भनिन्, ‘होइन भने यो कदम सही छ भनेर वस्तुनिष्ठ तरिकाबाट प्रमाणित गर्नुपर्छ ।’
प्रतिनिधि सभा विघटनविरुद्ध संविधानविद्, वरिष्ठ अधिवक्ता र कानुन व्यवसायीले बहस गर्दा राखेका धारणा सुन्नुपर्ने उनको तर्क छ। यस्तै उनले प्रधानमन्त्री ओलीको कारण सविधान कोमामा पुगेको पनि बताइन् ।
संविधान निर्माण गर्दा चौतर्फी बहस भएको, सबैको धारणा सुनिएको, सबैको साझा धारणाबाट नै प्रतिनिधि सभा विघटनको व्यवस्था नराखिएको अवस्थामा प्रधानमन्त्रीले विघटन गरिदिँदा संविधानमा कोमामा पुगेको उनले बताइन् । संविधान कोमामा रहँदा आफुहरु पनि कोमामा पुगेको भनाइ छ ।
‘संविधानको जिवन्तता रहन्छ वा रहदैन ? वा के हुन्छ ?’ एमीकस क्युरीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता पाठकले भनिन्, ‘तर अहिले संविधान कोमामा छ । सविधान कोमामा रहँदा हामी पनि कोमामै छौ ।’ पाठक क्युरीका तर्फबाट बहस गर्ने अन्तिम सदस्य हुन् । उनको बहसपछि सर्वोच्चको संवैधानिक इजलासले फैसला सुनाउनेछ ।

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

प्रतिक्रिया