एमीकस क्युरी सदस्य वरिष्ठ अधिवक्ता पाठकको बहस सुरु

काठमाडौँ : प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरी सदस्य वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले बहस सुरु गरेकी छिन् । सर्वोच्चको संवैधानिक इजलासमा क्युरीका तर्फबाट अन्तिम सदस्यका रुपमा पाठकले बहस सुरु गरेकी हुन् ।
यसअघि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले बहस गरेका थिए । बहस गरेका चार वरिष्ठ अधिवक्तामध्ये तीन जनाले विघटन गलत रहेको भन्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने राय दिएका थिए ।
तर वरिष्ठ अधिवक्ता मैनालीले भने प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यताका कारण प्रतिनिधि सभा विघटन भएको राय दिएका थिए । यसअघि रिट निवेदकका पक्ष र विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए । एमीकस क्युरी बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने तयारी गर्नेछ ।

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

प्रतिक्रिया