कांग्रेस नेता पौडेलको जिल्ला दौडाहा : ओलीविरुद्ध आन्दोलन चर्काउन कि महाधिवेशन तयारी गर्न ?

काठमाडौँ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशन आगामी भदौ ७ गते गर्ने निर्णय गरेको भोलिपल्टै वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि पूर्वी तराईको भ्रमण गर्दैछन् । शुक्रबारदेखि झण्डै एक हप्ता पूर्वी तराईका जिल्लामा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम बनाएका पौडेलको भ्रमण धरानबाट सुरु हुन लागेको हो । तर महाधिवेशनको मिति तय गरेको भोलिपल्टै पूर्वी तराईमा जानुलाई कांग्रेसभित्र महाधिवेशनको तयारीका लागि गएको चर्चा हुन थालेको छ ।
स्वकीय सचिव चिरञ्जीवि अधिकारीका अनुसार वरिष्ठ नेता पौडेल शुक्रबार विहान बुद्ध एयरबाट विराटनगर हुँदै सुनसरीको धरान पुग्नेछन् । पौडेलले धरान उपमहानगरपालिका कार्यक्रममा सहभागि भएपछि सोहि उपमहानगरपालिका निर्माण भएको वीपी पार्कको उदघाटन गर्ने कार्यक्रम छ ।
यस्तै फागुन ८ गते सुनसरीको सदरमुकाम इनरुवामा विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । पौडेलले फागुन ९ गते इटहरीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । इटहरीमा भेटघाट सकेर पौडेल फागुन ९ गते सप्तरीको राजविराज पुग्ने छन् ।
फागुन १० गते सप्तरीका सबै निर्वाचन क्षेत्रमा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने छन् । सिरहा र सप्तरीको सबै कार्यक्रममा हुलाकी राजमार्ग क्षेत्रमा केन्द्रीत हुने बताइएको छ । सप्तरीमा विभिन्न पार्टी छोडी कांग्रेस प्रवेश गर्नेलाई स्वागत गर्ने कार्यक्रम रहेको छ । सिरहामा पौडेलले फागुन ११ गते आयोजित सिरहाका सबै निर्वाचन क्षेत्रमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै फागुन १२ गते पौडेलले धनुषामा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पौडेल प्रदेश १ र प्रदेश २ का विभिन्न जिल्लाहरुमा आयोजित आमसभालाई सम्बोधन गरी फागुन १३ गते काठमाडौं फिर्ता हुने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको विरोधमा सडक आन्दोलन थाल्नुपर्ने जोड वरिष्ठ नेता पौडेलको थियो । सडक आन्दोलन गर्ने विषयमा कांग्रेसमा संस्थापन पक्ष र पौडेल पक्षबीच अहिले पनि मतभेद छ । तर पौडेलकै जोडबलमा कांग्रेस प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनमा होमिएको थियो ।
कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पोखरामा भएको एक कार्यक्रममा कांग्रेससँग पैसा अभावका कारण जुलुस पनि निकाल्न नसक्ने बताएका छन् । ‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं,’ कांग्रेस सभापति देउवाले भनेका थिए, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, आन्दोलनमा क्रियाशीलहरु आउ भन्दा आउँदैन ।’ देउवाले आफूहरु अदालतको सम्मान गर्ने र अदालतकै निर्णय कुरिरहेको बताएका थिए ।
सोही कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नराखी नेतृत्वले आन्दोलनमा जान सक्नुपर्ने बताएका थिए । ‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ हामी किन चुप बस्ने ?’ उनले भनेका थिए । देउवा बोलेर सकेपछि बोलेका नेता पौडेलले कांग्रेस नेतृत्वले कार्यकर्तामा ‘कन्फ्युजन’ ल्याएको पनि बताएका थिए । नेता पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिएका थिए । ‘पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने ?’

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया