चिनियाँ खोप 'भेरो सेल'लाई नेपालमा प्रयोग गर्न अनुमति
काठमाडौँ : चिनियाँ कम्पनीले विकास गरेको कोभिड-१९विरुद्धको खोप ‘भेरो सेल’लाई नेपालमा आपत्कालीन प्रयोगका लागि भन्दै औषधी व्यवस्था विभागले अनुमति दिएको छ । उक्त अनुमति पाएपछि खुसी व्यक्त गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आधिकारीक पत्रसहित ट्विट गरेकी छन् । चीनको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टस कम्पनी लिमिटेड (बीआईबीपी) ले उत्पादन गरेको खोपलाई अनुमति दिइएकोे विभागले बुधबार सूचना जारी गर्दै जनाएको छ ।
चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा उपलब्ध गराउने जानकारी दुई मुलुकका परराष्ट्र मन्त्रीबीच भएको टेलिफोन वार्तापछि जारी विज्ञप्तीमा उल्लेख छ । यसअघि चिनियाँ दूतावासले एक विज्ञप्ती जारी गर्दै नेपाललाई ३ लाख डोज खोप अनुदानमा दिने उल्लेख गरेको थियो ।
नेपालमा यतिबेला भारतको सिरम इन्स्टिच्युटको ‘कोभिसिल्ड’ खोप लगाउन थालेको पनि तीन साता भइसकेको छ । विभागले भारतमा उत्पादित खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिए लगत्तै भारतबाट अनुदानमा माघ दोस्रो साता नरेन्द्र मोदी सरकारले १० लाख डोज खोप उपलब्ध गराएको थियो । सरकारले थप दशलाख डोज कोभिसिल्ड खोप भारतबाट चार डलरमा प्रति खोप खरिद गर्ने भएको छ ।
Glad to hear that DDA of Nepal has granted emergency use approval to China's Sinopharm vaccine. I hope and believe that the China-aid vaccines will contribute to Nepal's fight against the COVID-19 pandemic soon!👏👏 pic.twitter.com/8aBDRT0k9e
— Ambassador Hou Yanqi (@PRCAmbNepal) February 18, 2021

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया