सन्दिप लामिछाने आइपीएल अक्सनमा बिकेनन्

काठमाडौँ : नेपाली राष्ट्रिय टिमका सन्दीप लामिछाने यसपटक कुनै पनि इन्डियन प्रिमियर लिग (आइपीएल) खेल्ने क्लबको नजरमा परेनन् । भारतको चेन्नाईमा बिहीबार सम्पन्न मिनी अक्सनमा लामीछानेलाई खरिद गर्न कुनैपनि क्लबले खरिद गर्न भाउ लगाएनन् ।
यसअघि तीन सिजन सम्म दिल्ली क्यापिटल्ससँग रहेका लामिछानेको आधार मुल्य ४० लाख तोकिएको थियो । उनी पहिलो चरणको अक्सनमा बिक्री नभए पनि दोस्रो चरणमा भने क्लबहरुको आखाँमा पर्ने अनुमान गरिएको छ । दिल्लीले रिलिज गरेपछि लामिछाने कुन क्लबसँग आबद्ध हुन्छन् भन्ने चासो थियो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइपीएल अक्सनका लागि लामिछाने सहित आठ खेलाडीको नाम लागि सिफारिस गरेको थियो । जसमा विनोद भण्डारी, सोमपाल कामी, करण केसी, शरद भेषवाकर, कुशल मल्ल, अविनाश बोहोरा र दिपेन्द्र सिंह ऐरी रहेका थिए । अक्सनका लागि कुल दुई सय ९२ खेलाडी सूचीकृत थिए ।

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

प्रतिक्रिया