सुविसु क्लीयर टीभीको ‘सेटअप बक्स’मा समस्या, यसरी गर्नुहोस् समाधान

काठमाडौँः सुबिसु केबल नेट प्रा.लि.ले वितरण गरेको क्लीयर टीभीको सेटअप बक्समा समस्या आएपछि हजारौं ग्राहक प्रभावित भएका छन् ।
क्लीयर टीभीले सिस्टम स्तरोन्नति गर्ने क्रममा असफल भएपछि चालु रहेका सेटअप बक्समा समस्या आएको हो । टीभी बन्द गरे पनि सेटअप बक्स ‘अन’ (चालु) नै भएको अवस्थामा भने प्रायः सबै उपभोक्ताले पछिल्लो तीन दिनदेखि यो समस्या भोगिरहेका छन् ।
सुविसुले कतिपय ग्राहकले जानकारीमूलक भिडियो (भिडियो इन्स्ट्रक्सन) अनुसरण गरी घरमै पनि समाधान गर्न र घरमा समाधान नभए सुविसुका ग्राहक सेवा केन्द्रबाट सेवा लिन आग्रह गर्दै आएको छ । ‘एकैपटक धेरै उपभोक्तामाझ वितरण भएको सेटअप बक्समा समस्या आएकाले घरमै सेवा दिन सम्भव नभएको’ सुविसु केवल नेट प्रा.लि.ले उल्लेख गरेको छ ।
सुविसु केबल नेटको बालुवाटारस्थित ग्राहक सेवा केन्द्रमा चौबीसै घण्टा काम भइरहेको कम्पनीले जनाएको छ ।
सुविसुका अनुसार काठमाडौंमा क्लीयर टीभीका डेढ लाख उपभोक्ता छन् । सेटअप बक्स अनुसार अहिलेको समस्या समाधान गर्ने फरक–फरक तरिका सहितको जानकारीमूलक भिडियो सुविसुले ग्राहकको सेवाका लागि सार्वजनिक गरेको छ ।

औद्योगिक विकासका लागि नीतिगत स्पष्टता र सुरक्षाको प्रत्याभूति आवश्यक : पूर्वअर्थम…

पठाओ पार्सलको अफरः समयमै सामान नपुगे मर्चेन्टलाई सामान बाराबरको पैसा र सामा…

कतिमा कारोबार हुँदैछ विदेशी मुद्रा ?

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

माइडियाले ल्यायो १० वर्षे म्याग्नेट्रोन वारेन्टी र इन्भर्टर क्वाट्रो टेक्नोलोजीसहित…

बिगमार्टमा एससीटीको ‘स्मार्ट जुलाई अफर’: युपीआई कार्डमार्फत भुक्तानी गर्दा १० प्…

ढुक्क भएर लगानी गर्न अध्यक्ष ढकालको आग्रह

प्रतिक्रिया