कर्णाली लोक सेवा आयोग सदस्यमा विपक्षी नेताकी श्रीमती

सुर्खेत : कर्णाली प्रदेश लोकसेवा आयोगमा बिहीबार पदाधिकारीहरु नियुक्त भएका छन्। कर्णाली प्रदेश सरकारको सिफारिसमा पदाधिकारीहरु नियुक्त भएका हुन ।
आयोगको अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका छन् । उनी कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको रोजाइमा नियुक्त भएका हुन् । वीरेन्द्रनगर- १२ का उपाध्याय पूर्व क्षेत्रीय शिक्षा निर्देशक हुन् ।
त्यस्तै आयोगको सदस्यहरुमा बसन्तीकुमारी सिंह (शाही) र भक्तबहादुर खड्का नियुक्त भएका छन्। पूर्व शिक्षक शाही खार्पुनाथ-५ हुम्लाका स्थानीय हुन् । उनी कर्णाली प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीकी श्रीमतीसमेत हुन्। आयोगमा पदाधिकारी भागबन्डा गर्दा कांग्रेसको भागमा महिला कोटा परेको थियो । जसका कारण शाहीले श्रीमतीलाई आयोगको सदस्य बनाउने अवसर पाए ।
त्यस्तै आयोगका अर्का सदस्य खड्का पूर्व शिक्षा सचिव हुन् । उनी वीरेन्द्रनगर-४ का स्थानीय हुन्। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीको रोजाइमा खड्का सदस्यमा नियुक्त भएका हुन् । सभामुख शाही प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन् । यसैबीच नवनियुक्त पदाधिकारीहरुले बिहीबार (आजै) पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश सरकारको सिफारिसमा कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीले शपथ खुवाएका हुन् । शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री शाही, सभामुख शाहीलगायत सहभागी थिए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया