प्रेममा इन्दिरा जोशी, भन्छिन्-औंठी मन परेर सार्वजनिक गरेकी हुँ, विवाहको तत्काल योजना छैन

काठमाडौं : गायिका इन्दिरा जोशीले आफू प्रेममा रहेको स्वीकार गर्दै विवाहको बारेमा भने अहिले नै केही भन्न सक्ने अवस्था नरहेको बताएकी छिन् । भ्यालेन्टाइन डे सकिएको तीन दिनपछि इन्दिराले सामाजिक सञ्जालमा अपरिचित युवकले औंठी लगाइरहेको तस्बिर सार्वजनिक गर्दै दुई वर्ष देखि प्रेममा रहेको संकेत दिएकी थिइन् ।
इन्दिराले इकागजसँग कुरा गर्दै औंठी मन परेकाले क्याजुअल्ली सामाजिक सञ्जालमा सेयर गरेको बताएकी छिन् । ‘मैले भ्यालेन्टाइनको छेउछाउमा औंठी पाएकी थिएँ । औंठी मन परेर सेयर गरेकी थिएँ । यति धेरै प्रतिक्रिया आउला भन्ने लागेकै थिएन ’ उनले भनिन् ।
इन्दिराले केही दिन अघि इकागजसँगको कुराकानीमा आफ्नो विवाहका लागि अझै दुई वर्ष समय रहेको बताएकी थिइन् । दिदीको विवाह भर्खरै भएकाले आफूसँग अझै दुई वर्ष समय रहेको उनको प्रतिक्रिया थियो । ‘के यो समय नजिकै आएको हो ? इकागजको प्रश्नमा भने उनले जतिबेला पनि विवाह हुन सक्ने संकेत दिइन् ।
‘आजभोलि नै गरिहाल्ने भन्ने त होइन । मेरो धेरै आफन्त देशबाहिर हुनुहुन्छ । तत्काल उहाँहरू आउन सम्भव छैन,’ उनले भनिन्, ‘तर, थाहा छैन के हुन्छ ?’ इन्दिराले आफ्नो प्रेमी कला क्षेत्रको भने नभएको भने स्पष्ट पारिन् । त्योबाहेक बाँकी जानकारी भने समयसँगै सार्वजनिक गर्ने बताइन् ।
‘दुई वर्ष अघिदेखि एक दिन भेट भएको थियो । उहाँले मेरो गीत सुनेर वा मैले उहाँलाई चिनेर यो सब सुरु भएको हैन । यत्तिकै सुरु भएको हो,’ इन्दिराले कुरा टार्ने हिसाबले भनिन् ।
केही समय अघि ‘बेग हानी गाका’ बोलको गीत सार्वजनिक गरेकी इन्दिराले अब भने गम्भीर प्रकृतिका गीत मात्र गाउने बताएकी थिइन् । उनले सिधा सिधा गाउँदिन नभने पनि फिल्ममा रहने आइटम गीत भने गाउने रुचि नरहेको इकागजसँगको कुराकानीमा बताएकी थिइन् ।

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

भीएस बिच रनवे २०२५ : समुद्र किनारमा फेसन, सङ्गीत र आत्मविश्वासको रंगीन समागम

कमेडियन कपिल शर्माको क्याफेमा गोली प्रहार, आतंकवादी समुहको संलग्नता

महिला फुटबलका प्रशिक्षकमाथि गायिका झुमाले गरिन 'त्यस्तो नाथे खुइले बाँदर' अभ…

प्रतिक्रिया