कोभिड-१९ विरुद्धको खोप लगाउने खाकासहित स्वेतपत्र जारी गर्न कांग्रेसको माग

काठमाडौँ : नेपाली कांग्रेसले कोभिड-१९ विरुद्धको खोप लगाउन स्पष्ट खाकासहितको स्वेतपत्र सार्वजनिक गर्न सरकारसँग माग गरेको छ । खोप लगाउने विषयमा सरकार गम्भीर नभएको भन्दै कांग्रेसले सबै जनतालाई खोपको सुनिश्चितता दिनेगरी कार्ययोजनासहितको स्वेतपत्र सार्वजनिक गर्न माग गरेको हो ।
कांग्रेस सह-महामन्त्री प्रकाशशरण महतले स्पष्ट खाकासहितको विस्तृत कार्ययोजना सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन् । खोप खरिद गर्नुपर्ने खण्डमा खरिद प्रक्रिया पारदर्शी हुनुपर्ने र त्यसको विश्वसनीयताको विषयमा जनतालाई सुनिश्चित गर्न जरुरी रहेको उनले बताए । उनले भने ‘खोप खरिद प्रक्रिया पारदर्शी, सुरक्षा र विश्वसनीयताको बारेमा पनि नेपाली जनतालाई सुनिश्चित गर्न जरुरी छ । त्यसको सुस्पष्ट खाकासहितको विस्तृत समयकालिन कार्यतालिकासहित, स्रोतसहितको कार्ययोजना सरकारले सार्वजनिक गर्नुपर्छ ।’
खोप लागउने विषयमा सरकार गम्भीर नभएको पनि सह-महामन्त्री महतले बताए । भारतले १० लाख खोप निःशुल्क दिएको र सो खोप दिन थालिए पनि पारदर्शी कार्ययोजना आउन नसकेको महतको भनाइ छ । उनले भने ‘पछिल्लो दिनमा खोप विभिन्न संस्थाहरूले तयार गरेका छन् त्यो खोप नेपालमा खोप लगाउने विषयमा सरकार गम्भीर छैन । भारतले १० लाख निःशुल्क दिएको खोप दिन थालिएको भनिएको छ । तर पारदर्शी कार्ययोजना आएको छैन । सरकारले प्रस्तुत गरेको छैन ।’
सबैभन्दा पहिला अग्रपंतिमा काम गर्नेलाई पहिलो प्राथमिकतामा राखेर खोप दिने कुरा ठीक भए पनि ज्येष्ठ नागरिकलाई कसरी खोप दिने भन्ने कुराको कार्ययोजना ल्याउन नसकेको उनले बताए । निःशुल्क खोप कहाँकहाँबाट आउँदै छ र रकम तिरेर ल्याउने कार्ययोजना के छ भन्ने विषयलाई सरकारले स्पष्ट पार्नुपर्ने पनि महतले बताए ।

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री …

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेटबारे छलफल हुने

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

प्रतिक्रिया