राष्ट्रपतिले खुवाइन तीन राजदूतलाई शपथ

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले तीन मुलुकका लागि नविनियुक्त राजदूतहरूलाई आइतबार शपथ खुवाएकी छिन् । राष्ट्रपतिले तापस अधिकारी (पाकिस्तान), गोहेन्द्र राजभण्डारी (बेल्जीयम/ईयू) र रामकाजी खड्का (जर्मनी) लाई राष्ट्रपति निवासमा आयोजित एक कार्यक्रममा सपथ खुवाएकी हुन् ।
तिनै जना राजदूत परराष्टमन्त्रालयका सहसचिव हुन् । अधिकारी पुराना कूटनीतिक कर्मचारी हुन् । उनी अधिकृतका रुपमा प्रवेश गर्दै आफ्नो समुहमा अगुवा हुँदै सहसचिव भएका थिए । राजभण्डारी पनि एक दशक अघि परराष्टमा अधिकृतको रुपमा प्रवेश गरेका र प्रतिशपर्धामा उपसचिव हुँदै सहसचिव भएका हुन् । खड्का उपसचिवको रुपमा अन्तरमन्त्रालय प्रतिशपर्धाबाट परराष्ट्रमा प्रवेश गरेका र प्रतिशपर्धाबाटै सहसचिव बनेका हुन् ।
२०७७ कात्तिक ६ मा राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम सरकार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरुलाई राजदूत नियुक्त गरेकी थिइन । सरकारले भर्खरै खाली भएको पाकिस्तान र खाली हुनै लागेको जर्मनी र बेल्जियममा राजदूत नियुक्त गरेको भएपनि श्रीलंका र दक्षिण कोरियामा लामो समयदेखि खाली रहँदा समेत राजदूत नियुक्त गरेको छैन ।
पछिल्लो समय सरकारले बेलायत, अमेरिका र दक्षिण अफ्रिकामा राजदूत सिफारिस गरेको छ । उनीहरुको संसदीय सुनुवाई र अग्रिमा (सहमति) पछिमात्र नियुक्तिको प्रक्रिया अघि बढ्नेछ । विभिन्न मित्रराष्ट्र र कूटनीतिक नियोगमा राजदूत भएर जानेहरुलाई २०६२/६३ पछि प्रधानमनत्रीले सपथ गराउने गरेको थियो । तर, पछि राष्ट्रपतिबाट शपथ गराउने निर्णय भएको थियो ।
संविधान जारी भएपछि पनि त्यसमा स्पष्ट पार्न सरकारले नीतिगत निर्णय नै लिएर शपथ राष्ट्रप्रमुखबाट नै गराउने निर्णय लिएको हो । यद्यपी पछिल्लो समय राष्ट्रपतिबाटै सपथ खुवाउँदै आएका थिए । गणतन्त्र अघिसम्म पनि राष्ट्राध्यक्ष अर्थात दरबारमा नै सपथ गराउने प्रचलन थियो ।

भारतीय दूतावासद्वारा सिमकोट गाउँपालिकालाई एम्बुलेन्स सहयोग

मुख्यमन्त्री कार्कीसँग चीनका राजदूत सोङको शिष्टाचार भेट

राष्ट्रपतिसँग इजिप्टका राजदूतको बिदाइ भेट

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

प्रतिक्रिया