पाठक भए साझा पार्टीका प्रवक्ता

काठमाडौंः साझा पार्टीको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य शरदराज पाठकले पाएका छन् । ६ महिनादेखि सहप्रवक्ताको भूमिका निर्वाह गर्दै आएका पाठकलाई शनिबार प्रवक्ताको जिम्मेवारी दिइएको साझा पार्टीले विज्ञप्ति निकालेर जनाएको छ।
२०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा पाठक चितवन क्षेत्र नं ३ बाट साझा पार्टीका उमेदवार थिए ।
ग्रामीण विकासमा स्नातकोत्तर पाठकले साझा पार्टीमा सकृय हुनअघि विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । अष्ट्रेलियामा रहँदा अष्ट्रेलियाको नेपालीपत्र साप्ताहिक र नेपालमा कालिका एफएम, रेडियो अन्नपूर्ण र कान्तिपुर एफएममा पाठकले समाचारमा काम गरेका थिए।

नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा

आगामी आमनिर्वाचनमा आफ्नो पार्टीबाहेकको चुनाव चिन्हमा मत हाल्ने अवस्था आउँदैनः …
एमालेमा आफ्नो भूमिकाबारे केन्द्रीय कमिटीले निर्णय गर्नेछः भण्डारी

सीपयुक्त युवा नै समृद्ध राष्ट्रका आधारस्तम्भ: नेता नैनसिंह महर

७८ लाख घुस काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताले दिए राजीनामा

विचौलियाले मन्त्रीक्वाटरमा घुसको ब्रिफकेस छाड्छन्, हामी कांग्रेस साक्षी किनाराका…

दुवै सदनको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

प्रतिक्रिया