कांग्रेससँग पैसा छैन जुलुस निकाल्न सक्दैन : शेरबहादुर देउवा
आन्दोलन गर्नैपर्छ : पौडेल

पोखरा : फागुन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेससँग पैसा अभावका कारण जुलुस पनि निकाल्न नसक्ने बताएका छन् । बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै देउवाले कांग्रेससँग जुलुस गर्न पैसाको अभाव रहेको सुनाए ।
‘हामीसँग पैसा पनि छैन । जबरजस्ती बोलाउन पनि सक्दैनौं,’ कांग्रेस सभापति देउवाले भने, ‘क्रियाशील लिने बेलामा मारामार हुन्छ, आन्दोलनमा क्रियाशीलहरु आउ भन्दा आउँदैन ।’ देउवाले आफूहरु अदालतको सम्मान गर्ने र अदालतकै निर्णय कुरिरहेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सदन विघटन गरेपनि आफूहरुलाई अदालतकै फैसला स्वीकार्य हुने बताए । ‘जुलुस निकालेर अदालतलाई यसो गर, उसो गर भनेर भन्न हुँदैन, अदालतकै फैसला स्वीकार्य हुनेछ,’ उनले भने । संसद पुनस्थापना हुनुपर्ने वा नपर्ने भन्नेमा ओलीले देशमै ध्रुवीकरण ल्याएको देउवाको भनाइ थियो । यस अवस्थामा कांग्रेसले तत्काल कुनै प्रक्रिया नथाल्ने र अदालतलाई नै मान्ने बताए ।
‘अदालतले पुनस्थार्पना गर भने पनि, चुनाव गर भनेपनि कांग्रेसले स्वीकार्छ,’ उनले भने । यता नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा नराखी नेतृत्वले आन्दोलनमा जान सक्नुपर्ने बताए । ‘अदालतले फैसला गर्दा पनि संविधानमा जे लेखेको छ, त्यही भन्नुपर्छ हामी किन चुप बस्ने ?’ उनले भने । देउवा बोलेर सकेपछि बोलेका नेता पौडेलले कांग्रेस नेतृत्वले कार्यकर्तामा ‘कन्फ्युजन’ ल्याएको पनि बताए । नेता पौडेलले जनतालाई भ्रममा नपार्न पार्टी नेतृत्वलाई चेतावनी दिए । ‘पार्टीका नेताहरुले जनतालाई कन्फयुजनमा पार्ने ?’

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री …

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेटबारे छलफल हुने

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

प्रतिक्रिया