प्रतिनिधि सभा विघटन स्वाभाविक रहेको नेम्वाङको दाबी

इलाम : नेकपा ओली समूहका नेता तथा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले प्रतिनिध सभा विघटनलगायतका पछिल्ला पछिल्ला घटना स्वाभाविक भएको बताएका छन् । बिहीबार इलाम नगरपालिका-५ बरबोटेस्थित किरात याक्थुङ चुम्लुङ बरबोटे शाखाको उद्घाटन गर्दै उनले घुमाउरो पारामा प्रतिनिध सभा विघटन स्वाभाविक भएको बताएका हुन् । 'अहिलेका कतिपय घटना र प्रसंगहरूले यहाँको मनमा पनि जिज्ञासा उठेका होलान्, उनले भने, 'तर म आग्रह गर्न चाहन्छु । यो स्वाभाविक प्रक्रिया हो । यसले कुनै असर पर्नेवाला छैन ।'
विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकोले अदालतले नै टुंगो लगाउने उनले बताए । यस विषयमा दुईथरि मत आएको समेत उनको भनाइ छ । 'विघटनसम्बन्धी मुद्दा अदालतमा छ । त्यो अदालतले टुंगो लगाउने छ', उनले भने, 'एकातिर विघटन गर्न हुँदैन । मिल्दैनलगायतका प्रश्न उठेका थिए भने अर्कोतिर प्रधानमन्त्रीजीले म दुई तिहाइ बहुमतको नेतृत्व गरिरहेको सरकारलाई काम गर्न दिइएन्, त्यसैले अब जनतामा जान पाउनुपर्छ भनेर विघटन गर्नु भो । विघटन ठीक छ कि छैन ? गर्न पाइन्छ कि पाइदैन ? यो प्रश्न उठ्यो ।'
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन घोषणा गरेर उपयुक्त काम गरेको समेत बताए । 'प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन घोषणा गर्ने काम दुई सय प्रतिशत उपयुक्त लागेर गर्नुभएको हो' नेता नेम्वाङले भने, 'सर्वोच्च अदालतले यस बारेमा अन्तरीम आदेश नदिनु भनेको निर्वाचन सम्बन्धी काम गर्दै गर्नु भनेको हो । यसैले चुनावी कार्यक्रममा जुट्नुपर्छ ।'
उनले निर्वाचनमा जान जोड दिँदै अब राजनीतिक परिवर्तनका लागि कुनै आन्दोलन गर्न नपर्ने बताए । 'आज जनता बलिया भएका छन् । कुनै पनि राजनीति परिवर्तन गर्न अब आन्दोलन गर्नु पर्दैन । संविधानले जनतालाई बलियो बनाएको छ । सार्वभौम बनाएको छ । कुनै परिवर्तन चाहियो जनताको मन जित्नुस् । जनताको आर्सिवाद लिनुस् । तपाइ संविधान संशोधनमार्फत जुनसुकै परिवर्तन गर्न सक्नुहुन्छ । जनताको समर्थन लिएर जुनसुकै परिवर्तन गर्न पाइन्छ । गर्न सकिन्छ ।'

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री …

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेटबारे छलफल हुने

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

प्रतिक्रिया