डेमी लोभाटोको बयान : ड्रग्स ओभर डोजले झण्डै मरिन्

लसएन्जल्स : पपस्टार डेमी लोभाटोले सन् २०१८ मा आफूलाई तीन पटक हर्ट अट्याक भएको खुलासा गरेकी छिन् । आफूमाथि बनेको डकुमेन्ट्रीको प्रचार प्रसारका लागि मिडियामा आएकी उनले सो समयमा ब्रेन ड्यामेज भएको पनि बताएकी हुन् ।
‘तीन चोटि स्ट्रोक भएको थियो भने एक चोटि हर्ट अट्याक । डाक्टरले मसँग ५ देखि १० मिनेट मात्र समय रहेको बताएका थिए,’ डान्सिङ विद दि डेभिलको प्रचार गर्दै उनले भनेकी छिन् । यो डकुमेन्ट्रीमा मार्च २३ मा युट्यबुमा रिलिज हुँदैछ ।
सन् २०१८को जुलाई अन्तिममा डेमी लोभाटो ड्रग्स ओभरडोजका कारण अस्पताल भर्ना भएपछि समाचारमा छाएकी थिइन् । त्यसयता उनका बारेमा सबैले आआफ्नै हिसाबले लेख्दै बोल्दै आएका छन् । लेमीले अरु मुखबाट हैन आफ्नै मुखबाट यथार्थ कुरा फ्यानसम्म पुर्याउन डकुमेन्ट्रीको सहारा लिएको बताएकी छिन् ।
‘बितेको केही वर्ष मैले मेरो बारेमा अनेक कथा सुनेँ । ममाथि के भयो भन्ने सबैका आआफ्ना भर्सन थिए । तर म मेरो कुरा म आफैं भन्न चाहान्छु,’ उनले डकुमेन्ट्री बनाउने कारणबारे पत्रकारलाई भनेकी छिन् । त्यही घटनापछि उनले आफूलाई गाडी चलाउन समस्या भएको र खानपिनको मेसो नमिल्ने रोग पनि लागेको बताएकी थिइन् ।
डेमीले १७ वर्षको उमेरमा कोकिन खान सुरु गरेकी थिइन् । तर, एक वर्षपछि रिहाब छिरेकी थिइन् । यही समयमा उनलाई बाईपोलर डिसअर्डर भएको थियो । चार भागको डकुमेन्ट्रीमा डेमीले बाल्यकालदेखि अहिलेसम्मका जीवनका सुख दुःखका कुरा बारे बताएकी छिन् ।

गायिका चौहान ‘साइबर ब्युरो’ गएपछि...

‘धुरन्धर’ को ‘फस्टलुक’ सार्बजनिक भए लगत्तै रणवीरको डनः ३ बारे आयो नयाँ अपडेट

बबि देओलले गरे जवान निर्देशक एटलीसँग सहकार्य, देखिनेछन् डरलाग्दो रूपमा

चलचित्र ‘जनै हराएको मान्छे' : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

प्रतिक्रिया