विद्यार्थीलाई कोभिडविरुद्धको खोप लगाउन माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ : कोभिड- १९ विरुद्धको खोपको पहिलो अधिकार विद्यार्थीलाई दिइनुपर्ने माग गर्दै नेपाल विद्यार्थी संघले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । विद्यालय र क्याम्पसहरु खुलेका कारण विद्यार्थीहरुलाई कोरोनाको जोखिम बढेको भन्दै नेपाल विद्यार्थी संघले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर कोरोना विरुद्धको खोप दिनुपर्ने माग गरी प्रदर्शन गरेको नेविसंघका महामन्त्री दीपक भट्टराईल जानकारी दिए ।
भट्टराईले सरकारले विद्यार्थीहरुलाई प्राथमिकताका साथ कोरोना विरुद्धको खोप नदिए सडक आन्दोलन गर्ने बताए । विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप लगाउन माग गर्दै पहिलो चरणमा शान्तिपूर्ण रुपमा प्रदर्शन गरी सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।
विद्यार्थीहरुले ‘नेपाल विद्यार्थी संघको सरोकार, विद्यार्थीलाई कोभिड- १९ भ्याक्सिनको पहिलो अधिकार’ लेखिएको ब्यानरसहित प्रर्दशन गरेका थिए । विद्यार्थीहरुले ‘अबको खोप हाम्रो हो’, ‘विद्यार्थीले लाउने खोप कहिले आउने’, ‘नेविसंघको सरोकार हाम्रो खोप हाम्रो अधिकार’, ‘अबको खोप विद्यार्थीको अधिकार’ लगायतका नाराबाजीसमेत गरेका थिए । यस्तै ‘विद्यार्थी नै हो यो देशको आधार, अबको खोप हाम्रो अधिकार’, ‘भविष्यको कर्णधारले भविष्यमा नै हो त खोप पाउने ?’, ‘खोपको अधिकार सबैलाई’ लगायत लेखिएको विभिन्न प्लेकार्डसमेत बोकेर प्रदर्शन गरेका थिए ।

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री …

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेटबारे छलफल हुने

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

प्रतिक्रिया