माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

ओखलढुङ्गा : पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा आज बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जनाको सकुशल उद्धार गरिएको हो ।
काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका-३ थुम्कीका अन्दाजी ४५ वर्षका केशरबहादुर सुनुवार र सोही स्थानका अन्दाजी वर्ष ४५ का सोही पुतबहादुर तामाङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।
घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ । रासस

अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान

कोशी प्रदेशमा गणतन्त्र दिवस तीन दिन मनाइने

मकालु हिमाल आरोहण गर्ने क्रममा एक अमेरिकी नागरिकको मृत्यु

सडकको चट्टान फोर्न ‘केमीकल’ प्रयोग गरिने
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_k7mj0XF0Az_wwmb6mqdox3vmcf8zfy7h2grhjvulj1bphymc0jxsjazwzlnub5br65x4e3c.jpg)
ब्राउन सुगर समाउन झापामा प्रहरीले गोली चलायो

प्रदेशमा लगानी सम्मेलन : एक खर्ब ५२ अर्बको सम्झौता

बुबाआमा टुङ्गो नभएका इन्द्रबहादुरलाई ३६ वर्षमा नागरिकता

प्रतिक्रिया