कामचलाउ प्रधानमन्त्री ओली लिखित जवाफ लिएर सर्वोच्च अदालत जाँदै

काठमाडौँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन सर्वोच्च अदालतमा जाँदैछन् । कामचलाउ प्रधानमन्त्री ओली बिहान साढे ११ बजे लिखित जवाफ लिएर सर्वोच्च जान लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
कामचलाउ प्रधानमन्त्री ओली सर्वोच्च जान भएपछि सुरक्षा व्षवस्था कडा पारिएको छ । सर्वोच्च परिसरमा कामचलाउ प्रधानमन्त्री ओलीका सुरक्षाकर्मीहरू तैनाथ छन् ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले ओलीविरूद्ध अपहेलनाको मुद्दा पेश गरेका थिए । विचाराधीन मुद्दामा टिप्पणी गरेको, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई 'एक जना बाजे वकिल'लगायत ओलीले टिप्पणी गरेका थिए ।
सर्वोच्च अदालतले ओलीलाई सात दिनभित्र आफैँ आएर लिखित जवाफ लिएर आउन आदेश दिएको थियो ।

टिआरसीवारे छलफल गर्न सिंहदरबारमा प्रधानमन्त्री भेटन पुगे प्रचण्ड

सार्वजनिक लेखा समितिको तेइसौँ प्रतिवेदन संसद्मा पेस गरिने

‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’

सांसदहरूद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

द्वन्द्वकालिन बलात्कारको मुद्दामा माफी हुन्नः प्रधानमन्त्री

उडिसामा नेपाली बिधार्थी प्रकरणः राष्ट्रियसभा अध्यक्षले गराए सरकारको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

प्रतिक्रिया