जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु

जापानमा कोरोनाभाइरसविरुद्धको खोप लगाउन बुधबारदेखि शुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् ।
खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ । अन्य प्राथमिकतामा परेकाहरुलाई त्यसपछि क्रमशः लगाउँदै जाने अधिकारीहरुको भनाइ छ । फाइजर र बायोएनटेकले विकास गरेको खोप लगाउन थालिएको हो । राजधानी टोकियोमा रहेको राष्ट्रिय अस्पताल टोकियो मेडिकल सेन्टरमा खोप लगाउने व्यवस्था गरिएको छ ।
पहिलो चरणमा झण्डै ४० हजार स्वास्थ्यकर्मीले खोप लगाउन पाउने अधिकारीहरुको अनुमान छ । पहिलो दिन बुधबार मात्रै झण्डै ८०० स्वास्थ्यकर्मीहरुले खोप लगाएका छन् । टोकियो मेडिकल सेन्टरका प्रमुख कजुहिरो अराकीले सबैभन्दा पहिलो खोप लगाएका थिए । उनले खोप लगाएपछि कसै कसैलाई सामान्य सहायक असर देखिए पनि नकारात्मक असर भने नपर्ने दाबी गरे ।
खोप अभियानमा सबै सक्रिय सहभागी हुने र कोरोनाविरुद्धको अभियानलाई परास्त गर्न सकिने उनको विश्वास थियो ।
प्रधानमन्त्री योशिहिडे सुगाले पनि अहिले प्रारम्भिक चरणका लागि मात्रै खोप ल्याइएको र सबैलाई पुग्नेगरी ल्याउने गृहकार्य भइरहेको जानकारी दिए । जापानको स्वास्थ्य मन्त्रालयले १६ वा सोभन्दा बढी उमेरका व्यक्तिलाई यो खोप लगाउन अनुमति दिने निर्णय गत आइतबार मात्रै गरेको हो ।
कोरोना भाइरसबाट धेरै प्रभावित मुलुकमा पर्ने जापानमा अन्य प्रभावशाली र विकसित मुलुकको तुलनामा धेरै ढिला खोप अभियान शुरु भएको हो ।

फ्रान्सका राष्ट्रपति म्याक्रोँले मङ्गलबार बेलायती संसदलाई सम्बोधन गर्ने

पाकिस्तानमा भवन भत्किँदा ६ जनाको मृत्यु, १० जना भग्नावशेषमा फसेको आशंका

ईरानको निर्णयले आणविक स्थायित्वमा असर, विश्व समुदाय गम्भीर

अफगान नागरिकहरूलाई फिर्ता पठाउने जर्मन योजनाप्रति संयुक्त राष्ट्रसंघको चिन्ता

इन्डोनेसियामा डुङ्गा डुब्दा ४ जनाको मृत्यु, ३८ बेपत्ता

रुसको कुर्स्क क्षेत्रमा नौसेना उपप्रमुखको मृत्यु

प्रतिक्रिया