रुसमा कोभिड सङ्क्रमित दैनिक घट्दो

रुसमा कोरोनाभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या दिनप्रति दिन घट्दै गएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १२ हजार ८२८ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।
अघिल्लो दिन सोही अवधिमा सङ्क्रमितको सङ्ख्या १३ हजार २३३ रहेकाले सङ्क्रमितको सङ्ख्या घट्दै गएको देखिएको हो । रुसमा अहिलेसम्म कोरोनाभाइरसबाट ४१ लाख १२ हजार १५१ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ८१ हजार ४४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
अधिकारीहरुले दिएको जानकारीअनुसार सङ्क्रमित भएर पनि ३६ लाख ४२ हजार ५८२ जना सङ्क्रमणमुक्त भएका छन् । राजधानी मस्कोमा मात्रै पछिल्लो २४ घण्टामा एक हजार २८२ जना सङ्क्रमित भएका छन् । अघिल्लो दिन एक हजार ४०९ जना सङ्क्रमित भएका थिए । मस्कोमा मात्रै अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या नौ लाख ६० हजार ६८७ रहेको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको नीजि जीवनः चार पत्नीमा लेखिकादेखि मोडेलसम्म
किभमा रुसी हमलामा १४ जनाको मृत्यु, दर्जनौँ घाइते
फ्रान्सका पूर्वप्रधानमन्त्री फिलनलाई पत्नीको नक्कली जागिर प्रकरणमा जेल सजाय
भारतद्वारा आफ्ना नागरिकहरूलाई तेहरान छोड्न चेतावनी जारी

अस्ताना सम्मेलन मध्य एसियाको ’शाश्वत’ सम्बन्ध मजबुत बनाउने दिशामा कोशेढुङ्गा : …
तेहरानमा इन्टरनेट सेवा अवरुद्ध

'ट्रम्पले इरानविरुद्ध थप कदम चाल्न सक्छन्'

प्रतिक्रिया