शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

‘बधाइ हो’ निर्देशकको फिल्ममा बरुण र कृति

‘बधाइ हो’ निर्देशक अमर कौशिकले बरुण धवन र कृति सेननलाई लिएर नयाँ फिल्म बनाउने घोषणा गरेका छन् । उनले ‘भेडिया’ शीर्षकमा बन्न लागेको फिल्ममा बरुण र कृतिको जोडी जमाउन लागेका हुन् । 

आउँदो वर्षको पहिलो महिनादेखि सुटिङ सुरु हुने फिल्म कमेडी विधामा बन्नेछ । बरुण र कृतिले दोस्रो पटक स्क्रिन शेयर गर्न लागेका हुन् । दुवै पहिलो पटक रोहित सेठ्ठीको फिल्म ‘दिलवाले’मा देखिएका थिए । फिल्ममा दुवैको केमेस्ट्री दर्शकले खुब रुचाएका थिए । 

अमर कौशिकले ‘बधाइ हो’ पछि आयुष्मान खुरानालाई लिएर ‘बाला’ निर्देशन गरेका थिए जुन फिल्म पनि बक्स अफिसमा हिट मानिएको थियो ।