पूर्व-पश्चिम राजमार्गको लम्की खण्ड स्थानीयद्वारा अवरुद्ध

धनगढी : ट्रकको ठक्करबाट मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ती दिनुपर्ने र दोषीलाई कारबाहीको माग राखेर स्थानीयले पूर्व पश्चिम राजमार्गको लम्की खण्ड अवरुद्ध गरेका छन् । दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको घटनास्ठलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका हुन् ।
जिल्लाको लम्कीचुहा नगरपालिका-१० मा ५ख८४०६ नम्बरको ट्रकले लु ७८ प ३९०५ को नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिकाको वडा नम्बर ४ बलियाका २४ वर्षीय दिनेश चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । मोटरसाइकलमा सवार जानकी गाउँपालिकाकी १८ वर्षीया चन्द्रा चौधरी घाइते भएकी थिइन ।
उनको उपचारका क्रममा कोहलपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवत्ता डिएसपी प्रतीक बिष्टले जानकारी दिए । त्यसपछि राजमार्ग अवरुद्ध भएको उनले बताए ।
प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीनजना पक्राउ

‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी शेर्पालाई दिइने

‘लागुऔषध नियन्त्रणमा सबैको सहकार्य र समन्वय आवश्यक छ’

कालीकोटको दलितवस्तीमा खानेपानी पहुँच

मिडिया नेटवर्क नेपाल र सीडीपी नेपालबीच दीर्घकालीन साझेदारी सम्बन्धी समझदारीप…

पर्सामा ठूलो परिमाणमा लागुऔषध चरेश सहित एक जना पक्राउ

विष्णुमतिमा कारसँगै यसरी बगेकी थिइन् भावना (भिडियो)

प्रतिक्रिया