जापानी राजदूतले गरे सभामुख सापकोटासँग बिदाइ भेट

काठमाडौं : नेपालका लागि जापानी राजदूत मासामिची साइगोले सभामुख अग्निप्रसाद सापकोटासँग आज बिदाइ भेट गरेका छन् । कार्यकाल सकेर स्वदेश फर्कन लागेका राजदूत साइगोले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिदाइ भेट गरेका हुन् ।
भेटमा सभामुख सापकोटाले नेपाल र जापानबीच ६५ बर्ष लामो मैत्रिपूर्ण सम्बन्ध सँधै सुमधुर रहेको बताए । उनले कोभिड-१९ का कारण मानव जातिको सभ्यता र अस्तित्वमा सिर्जना भएको चुनौतीमाथि मानव जातिको जित सुरु भएको बताउँदै जापानमा आजै देखि कोभिड-१९ विरुद्ध खोप कार्यक्रम सुरु भएकोमा खुसी व्यक्त गरे ।
जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा गरिरहेको सहयोगप्रति आभार व्यक्त गर्दै सभामुख सापकोटाले नेपाली कामदारका लागि जापानले उपलब्ध गराएको रोजगारीको अवसरका लागि धन्यवाद ज्ञापन गरे । उनले समय प्रतिकुल भए पनि कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा राजदूत साइगोलाई बधाइ ज्ञापन गरे ।
भेटमा राजदूत साइगोले नेपाल बसाइका क्रममा भएको सहयोप्रति आभार प्रकट गर्दै यसपछि आउने राजदूतले पनि यस्तै सहयोग पाउने आशा व्यक्त गरे । साइगोले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि बिदाइ भेट गरेका थिए ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया