प्रहरीद्वारा ८३ हजार मूल्य बराबरका अवैध सामान बरामद
कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले ८३ हजार मूल्य बराबरका अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ । मंगलबार र बुधबार गरी त्यति मात्रामा सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी टोलीले बेलौरी नगरपालिका-७ नकैयाबाट भन्सार छलेर ल्याएका पलाष्टिकको बाटा थान १५ ,पलाष्टिकको कुर्ची थान २४, सिसाको गिलास थान ६९ र मोबिल ३० डिब्वा गरी २२,०८० बराबरको समान बरामद गरेर आवश्यक कारबाहीका लागि भन्सार कार्यालय त्रिनगर कैलाली पठाएको छ ।
त्यस्तै प्रहरी टोलीले बेलौरी-७ पौलाहाबाट भंसार छलेर ल्याएका सिलिङ पंखा थान १२ , बिजुलीको चिम १०० वटा,आईरन २ थान अन्दाजी चिम ५० वटा , स्टेण्ट पंखा सानो १६ वटा , स्टेण्ड पंखा ठुलो ३ वटा, होल्डर १० डिब्बा, प्लक १० डिब्बालगायतका अन्दाजी मुल्य ६१५८० रुपैयाँको सामान बरामद गरेको हो ।

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

प्रतिक्रिया