‘नेपाली लोककथा’ बजारमा

काठमाडौँ : लोक साहित्य तथा संस्कृति अन्वेषक तुलसी दिवसको प्रसिद्ध लोककथा सङ्ग्रह ‘नेपाली लोककथा’ सार्वजनिक भएको छ ! बुक-हिल पब्लिकेसनले ‘क्लासिक सेरिज’ अन्तर्गत प्रकाशन गरेको यस पुस्तकमा नेपालका विभिन्न भू-भागमा बसोबास गर्ने विविध जातिहरू तथा नेपालबाहिर बसोबास गर्ने नेपालभाषीका जनजीवनमा प्रचलित १२२ वटा लोककथा सङ्ग्रहण गरिएका छन् ।
पुस्तकबारे लेखक, सङ्कलक तथा सम्पादक तुलसी दिवस भन्छन्, 'पन्चायतकालमा सत्ताको कहर खप्दै करिब एक दशकभन्दा लामो समय लगाएर सङ्कलन र सम्पादन गरिएको यो पुस्तकमा लोककथाको स्थान, जाति, वर्ग, भाषा आदिको आधारमा विश्प्रसिद्ध लेखक र चिन्तकका सिद्धान्तलाई आधार मान्दै वैज्ञानिक विश्लेषण र वर्गीकरण गर्ने कोसिस गरेको छु ।'
सांस्कृतिक, एतिहासिक, सामाजिक, अर्ती–उपदेश, ठगी–चलाखी, लोभी-कन्जुस्याइँ, विश्वासघात, पशुपक्षी, भूत, राक्षस, परी, जादु, दैवी, बहादुरीलगायतका विषयका लोककथाहरूमा स्थानीय भाषा, लवज र लोकजीवनको चित्रण गरिएको छ । बढ्दो आधुनिकी र यान्त्रीकरणको युगमा लोककथाको यो पुस्तकले पाठकलाई आफ्नो अतीततिर फर्काउन र आफ्नो आदि-इतिहास बुझ्न मद्दत गर्ने र सामान्य पाठकदेखि प्राज्ञिक वर्गका निम्ति पनि यो पुस्तक सङ्ग्रहणीय रहेको प्रकाशक बुक-हिल पब्लिकेसनले जनाएको छ ।
विभिन्न विश्वविधालयहरूमा लोकसाहित्य अध्ययनको स्रोत पुस्तकको रूपमासमेत रहेको करिब ६०० पृष्ठको सचित्र किताबको मूल्य ९९९ रहेको छ । २०३१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले पहिलो संस्करण प्रकाशन गरेको यो पुस्तक अप्राप्य थियो ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया