भागरथीकी आमा भन्छिन्, दिनेश घाम छँदै घर आएको थियो, उसले कसरी मार्यो ?

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका-७ की १७ वर्षीया किशोरी भागरथी भट्टकी आमा द्रोपदी भट्टले प्रहरीले सार्वजनिक गरेको अभियुक्तले आफ्नो छोरीको हत्या गरेको भन्ने कुरामा विश्वस्त नरहेको प्रतिक्रिया दिएकी छन् । सामाजिक सञ्जाल फेसबुकमा भाइरल उनको भिडियोमा प्रहरीले बुधबार सार्वजनिक गरेकाे अभियुक्त दिनेश भट्टले नै हत्या गरेको आफूलाई विश्वास नलागेको प्रतिक्रिया दिएकी हुन् ।
भिडियोमा उनले भनेकी छन्, ‘घटना भएको दिन दिनेश घाम छँदै घर आएको थियो । मैले उसलाई भारगथीलाई देखिस् भनेर पनि सोधेकी थिएँ । तर, उसले देखेन भन्यो । आज उसैले हत्या गर्यो भनिरहेका छन् । मैले धकेलेर मारेको हुँ भन्यो रे ! एक्लैले कसरी मार्यो ? ऊ त भागरथीको भाइ हो, मेरो छोरो पर्छ । आन्दोलनमासमेत थियो । धेरैले उसलाई सोधे देखिनँ भन्थ्यो । भागरथी जेठी हो । ऊ भाइ हो ।'
भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेशलाई प्रहरीले बुधबार दिउँसो सार्वजनिक गरेको थियो। उनी भागरथी अध्ययन गर्ने विद्यालय सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत थिए । भागरथी सोही विद्यालयको कक्षा १२ मा पढ्थिन । उनले अपराध स्वीकार गरेको प्रहरीले बताएको छ । भागरथी माघ २१ गते विद्यालयबाट घर फर्किने बेला बेपत्ता भएकी थिइन् । उनको शव माघ २२ गते बलात्कारपछि हत्या गरेको अवस्थामा जंगलमा फेला परेको थियो ।

पुर्ख्यौली सीप बोकेका गङ्गाराम भन्छन्- आत्मनिर्भर हुनका लागि मेसिन अनुदानमा पाउ…

कैलालीमा सुत्केरी मृत फेला

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

सुर्नयामा ठेउला सङ्क्रमणबाट बालबालिका प्रभावित

मङ्गलसेन नगरपालिकाको फोहोर सामुदायिक वनमा

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

प्रतिक्रिया