स्वदेश फर्किए जापानी राजदूत साइगो, नागढुंगा सुरुङको चर्चा गर्दै प्रधानमन्त्रीले गरे बिदाइ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बिदाइ भेट गरेका छन् । राजदूत साइगो आफ्नो दुई वर्ष ९ महिनाको कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लागेका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोकोको कार्यकाल सफल रहेको उल्लेख गरेका छन् । यस अवधिमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रमहरु मार्फत नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सदृढ बनाउन खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गरे ।
आगामी दिनमा यी दुई घनिष्ट मित्र देश बिच राष्ट्राध्यक्ष तथा सरकारका प्रमुख स्तरको भ्रमण आदान प्रदान हुने अपेक्षा समेत प्रधानमन्त्रीले व्यक्त गरे । त्यस्तै राजदूत साइगोले आफ्नो कार्यअवधि भर नेपाल सरकारबाट प्राप्त सहयोगका लागि आभार प्रकट गरेका थिए ।

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रतिक्रिया