शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलका पाँच आक्रोश

काठमाडौँ : पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल भद्र र शालीन पूर्वकर्मचारीका रूपमा चिनिन्छन् । मुख्यतया राज्य सत्ताको नेतृत्वमा पुगेका कर्मचारीहरूले खुलेर सत्ता सञ्‍चालनको आलोचना गर्दैनन् । त्यसमाथि पोखरेल त झन कसैलाई चिढ्याउने स्वभाव नभएका व्यक्तिमा पर्छन् । तर, अहिले उनी पनि राज्य सत्तामा बस्‍नेहरूको काम देखेर सन्तुष्ट छैनन् । त्यसैले उनले समेत आफ्‍ना आक्रोस सामाजिक सञ्‍जालमार्फत व्यक्त गर्न थालेका छन् । हामीले पछिल्लो समय पोखरेलले राज्य सञ्‍चालन गर्दा ठीक विधि र प्रक्रिया नअपनाइएको भन्दै आक्रोशपूर्ण शैलीमा गरेका ट्‍वीट संकलन गरेर प्रस्तुत गरेका छौं । 

आफ्ना घर व्यबस्थापन गर्न नसक्ने, दलभित्र सुशासन र आन्तरिक प्रजातन्‍त्र शून्य हुने, दलका विधि-विधान मान्नु नपर्ने, दलका अधिवेशन समयमा नगर्ने  तर जेसरी पनि नेतृत्वमै रहनुपर्ने, पदका लागि जस्तोसुकै सम्‍झौता गर्ने  दल र  तीनका नेताहरूबाट देशमा सुशासन पाइन्छ भनेर आशा गर्नु पर्ने कठै हामी ।

राज्यकीय सत्ताका संवेदनशील जिम्मेवारीमा रहेकाहरूले आफू किन आलोचित भइएको छ, यसको ठण्डा दिमागले आत्म-समीक्षा गरौं । 
लोकतन्त्रमा नागरिकको बोली बन्दगर्न सहज छैन भन्ने कुराको हेक्का राखौं ।

 

नेपाल टेलिभिजनले राजनीतिक दलका कार्यक्रमहरूपनि प्रत्यक्ष प्रसारण गर्ने नीति लिएछ, राम्रै गरेछ । दलको कार्यक्रम लाइभ गर्न दिँदा के कति भाडा लिने रहेछ, कसैलाई थाहा भए जानकारी पाउन ।