भागरथीका दाइले दिए आरोपीविरुद्ध किटानी जाहेरी

काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टका दाजु शंकर भट्टले हत्या अभियोगमा पक्राउ परेका दिनेश भट्टविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् । दाइ शंकरले जिल्ला प्रहरी कार्यालय बैतडीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
भट्टको बलात्कारपछि हत्या प्रकरणमा उनकै नाता दिनेशलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो । भागरथी अध्ययनरत विद्यालय सनातन माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीय दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरीले आजै सार्वजनिक गर्दैछ ।
भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका अभियुक्त दिनेश भट्टलाई म्याद थपको लागि अदालत लगिएको छ । भट्टविरुद्ध करणी र ज्यान सम्बन्धी कसुर मुद्दामा म्याद थप हुने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

सुर्नयामा १० श्ययाको अस्पताल निर्माण हुँदै
शुक्लाफाँटाको सबै वडामा माटोको नमूना परीक्षण
मोबाइल र टर्च चार्ज गरेको १० रूपैयाँ !

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकीय गन्तव्य

६ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण

व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग

प्रतिक्रिया