प्रतिनिधि सभा विघटनले मुलुक दुर्घटनातर्फ : उपराष्ट्रपति पुन

काठमाडौँ : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतिनिधि सभा विघटनपछि मुलुक राजनीतिक दुर्घटनातर्फ धकेलिएको बताएका छन् । नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुनले प्रतिनिधि सभा विघटनले देश राजनीतिक दुर्घटनाउन्मुख भएको बताएका हुन् ।
‘पूर्वप्रधान न्यायाधीहरु, पूर्वन्यायाधीशहरु, संविधानविदहरु, नागरिक समाज, प्राय राजनीतिक पार्टीहरु, पत्रकारहरुले पनि प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनिरहनु भएको छ,’ उनले भने, ‘नेपाली जनता समृद्धि, स्थायीत्व, परिवर्तनको साथै संविधानको पालना र संविधानले व्यवस्था गरेको अधिकार उयोग गर्न चाहन्छ । प्रतिनिधि सभा विघटनपछि गहिरिएको राजनीतिक संकटबाट जनतामा निराश र आक्रोश छाएको छ ।’
जनतामा निराश र आक्रोश छाउनु देशको लागि राम्रो संकेत नभएको उनको भनाइ छ । ‘संविधान कार्यान्वयन चरणमा संविधानमाथि प्रहार गरियो । देशलाई भूमरीमा पारियो भनि प्रश्न उठ्नु ज्यादै दुखद् कुरा हो’ उनले भने ।

गलत विचार लिएर धेरै तिर फर्किएकालाई वाम एकतामा ल्याउन सकिँदैन्ः प्रधानमन्त्री …

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेटबारे छलफल हुने

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

प्रतिक्रिया