आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन आज

२१ वर्षमा शिक्षा पत्रकार समूह

काठमाडौँ : नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशन आज हुँदैछ । काठमाडौँको राष्ट्रिय सभागृहमा आयोजित महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्दैछन् । 

महाधिवेशनका लागि पत्रकार महासंघका जिल्ला शाखाका अध्यक्ष, प्रदेश पदाधिकारी लगायत तीन सय जनाको उपस्थिती रहने महासंघका महासचिव रमेश बिष्टले जानकारी दिए । उनका अनुसार बुधबार नै महासचिव र कोषाध्यक्षको प्रतिवेदन पेस भएर छलफलपश्चात पारित हुनेछ ।

राष्ट्रिय सभागृहमै बन्द सत्र गरेर आजै महाधिवेशन सकिने पनि उनले बताए । महासंघले नयाँ नेतृत्वका लागि एक महिनाभित्र चुनाव गर्ने योजना बनाएको छ । यसका लागि कपिल काफ्लेको नेतृत्वमा निर्वाचन समिति पनि बनाइएको छ ।

समितिले एक दुई दिनमा निर्वाचन मिति घोषणा गर्ने महासचिव बिष्टले बताए । 

शिक्षा पत्रकार समूहको २१ औँ बार्षिकोत्सव 

यस्तै शिक्षा क्षेत्रमा रिर्पोटिङ गर्ने पत्रकारहरुको संस्था शिक्षा पत्रकार समूह (इजेजी) स्थापना भएको २१ वर्ष पूरा भएको छ । राजन शर्माको अध्यक्षतामा २०५६ सालमा पहिलोपटक शिक्षा पत्रकार समूह गठन भएको थियो ।

स्थापना दिवसको अवसरमा धुलिखेलमा विशेष कार्यक्रम आयोजना गरिएको शिक्षा पत्रकार समूहका वर्तमान अध्यक्ष तुला अधिकारीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा शिक्षाविद, समूहका पूर्व अध्यक्ष, प्रदेश समितिका अध्यक्ष लगायत काठमाडौँमा रहेका शिक्षा क्षेत्रका पत्रकारहरुको सहभागिता रहनेछ । 

शिक्षाका वर्तमान मुद्दा र आगामी योजनाका विषयमा कार्यक्रममा छलफल हुने अध्यक्ष अधिकारीले बताए । शिक्षा क्षेत्रका समस्या, चुनौति र सम्भवनाबारे शिक्षा पत्रकार समूहले निरन्तर बहस तथा पैरवी गर्दै आएको छ ।