पार्टी एकता गम्भीर संकटको मोडमा आइपुगेको छः महासचिव पौडेल

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महासचिव विष्णु पौडेलले पार्टी एकता गम्भीर संकटमा परेको बताएका छन् । अर्थमन्त्री समेत रहेका नेता पौडेललले हालसम्म एकताका बाँकी काम पूरा हुन नसकेको मात्र नभइ एकीकृत पार्टीकाे अस्तित्वमाथि समेत प्रश्न उठेको बताए ।
‘पार्टी एकता सम्पन्न भएसँगै हाम्रो सामु एक वर्षभित्र महाधिवेशन आयोजना गर्ने र सुदृढ एकताका साथअघि बढ्ने जिम्मेवारी उपस्थित थियो ।’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, तर, आजसम्म आइपुग्दा पनि पार्टी एकताको बाँकी काम पूरा हुन नसकेको मात्र होइन, पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत बारम्बार प्रश्न उठेको छ । यतिबेला पार्टी एकता गंभीर संकटको मोडमा आइपुगेको छ ।’
तर नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डित हुन नसक्ने उनको भनाइ छ । आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन र सहमतिका साथ समाधान खोज्न समेत उनले नेता/कार्यकर्तालाई आग्रह गरेका छन् ।
उनले अगाडि भनेका छन्, ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्तैन । तसर्थ आपसी अन्तरविरोधलाई संवादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

प्रतिक्रिया