सरकारले ‘बाधा अड्काऊ’ फुकाएर कोभिड-१९ भ्याक्सिन खरिद गर्ने

काठमाडौँ : सरकारले सार्वजनिक खरिद ऐनको ‘बाँधा अड्काऊ’ आदेश जारी २० लाख डोज कोभिड-१९ भ्याक्सिन खरिद गर्ने निर्णय गरेको छ । विश्व स्वास्थ्य संगठनद्वारा मान्यता प्राप्त अक्सफोर्ड एक्सटाजोनिका कोभिसिल्ड र सेरम कम्पनीसँग स्वास्थ्य सेवा विभागले वार्ता गरी प्रति खोप ४ अमेरिकी डलरमा खरिद गर्ने सम्झौता गरेको थियो ।
खरिद ऐनअनुरुप खोप खरिद गर्न प्रतीतपत्र खोल्नुपर्ने, धरौटी राख्नुपर्ने लगायतका प्रावधान पूरा गर्न समय लाग्ने भएपछि बाधा अड्काऊ आदेश जारी गर्ने निर्णय गरेको हो । कम्पनीले ‘परफरमेन्स बन्ड’ राख्न नमानेपछि आदेश जारी गर्नु परेको हो ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले त्यही खोप खरिद गर्न अड्काऊ आदेश जारी गर्ने निर्णय भएको जानकारी दिए । महामारीको समयमा वार्ता सम्झौताद्वारा एक पटकका निम्ति मात्रै ४ अमेरिकी डलरमा खोप उपलब्ध गराउन सहमति दिएको हो ।
‘यो खोप खरिद गर्न बाधा अड्काऊ निम्ति आदेश जारी गर्ने निर्णय भएको हो’ त्रिपाठीले इकागजसँग भने, ‘यो दरमा त्यो कम्पनीको खोप आउनु भनेको सस्तो मान्नुपर्छ । यो अवसर हामीले गुमाउनु हुन्न भन्ने मान्यता राखेका हौं ।’
कम्पनीले औषधि पठाउनुअघि शतप्रतिशत भुक्तानी खोजेको थियो । उसले आफ्नै देशमा पनि त्यही नियम लगाएको छ । कम्पनीको प्रस्तावमा ‘खोपका निम्ति ८० प्रतिशत रकम पहिला नै पठाउनुपर्नेछ र उसले शिपमेन्टको तयारी गर्नेछ । त्यो शिपमेन्ट हुनुपूर्व बाँकी २० प्रतिशत भुक्तानी गर्नुपर्नेछ ।’
सरकारले उसको प्रस्ताव स्वीकार गर्ने निर्णय लिएको हो । कम्पनीले खोप नेपालको विमानस्थलसम्म पठाउनेछ । भारतले सरकारले आफ्ना कम्पनी माथि हस्तक्षेप र नेपाललाई सहयोग दुवै गरी खोपको सहुलियत दरमा यो रेट तय भएको भनाइ स्वास्थ्य मन्त्रालयको छ ।
खोप उपलब्ध गराउन अन्य मुलुकका विचौलिया पनि लागि परेको र महंगोमा खोप किनाउने प्रयास भएको थियो । तर, त्यसबाट सरकार पछि हट्दै चार डलरमा अहिले नेपालभर लगाइरहेको खोप नै खरिद गरेको हो । यही बेन्चमार्कमा अडेर अन्य मुलुकसँग पनि खरिद हुनसक्ने स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताए ।
भारतले यसअघि नै नेपाललाई अनुदानमा १० लाख डोज खोप उपलब्ध गराएको छ । चीनले पाँच लाख डोज उपलब्ध गराउने भनेको छ । तर, अझै त्यो खोप आइसकेको अवस्था छैन । त्यस्तै विश्व स्वास्थ्य संगठन अन्तरगत कोभ्याक्सबाट पनि २० लाख डोज खोप नेपालले अनुदानमा पाउने र त्यसमा थोरै मुल्य नेपालले तिर्नुपर्नेछ ।
यस अलवा नेपालले रसियाबाट पनि खोप ल्याउन सक्ने विषयमा छलफल भइरहेको छ । त्यहाँबाट आउने खोपको विषयमा सरकारकाले निर्णय लिनेछ । त्यस्तै बेलायत सरकारले पनि आफ्नो मुलुकमा बनेको खोप नेपालले प्रयोगमा ल्याएको भन्दै नेपाललाई अनुदानमा खोप दिने बताइसकेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया