शनिबार ०३ जेठ, २०८२
Saturday, May 17, 2025

सरकारलाई सत्ता उन्माद प्रस्तुत नगर्न कांग्रेसको चेतावनी

 काठमाडौँ  : नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको नेकपालाई सत्ता उन्माद प्रस्तुन नगर्न चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै बैतडी जिल्लाको डिलासैनीमा नेपाली कांग्रेसको कार्यक्रम भइरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाका कार्यकर्ताले आक्रमण गरेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।  

कांग्रेसको आमसभामा नेकपा ओली समूहका कार्यकर्ताले ढुंगामुडा गर्दा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदसहित केही कार्यकर्ता घाइते भएका छन् । सत्तारुढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ,’ विज्ञप्तीमा भनिएको छ, ‘यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिँदै कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दछ ।’