नयाँ शैक्षिक शत्र असारदेखि सुरु हुन्छ : शिक्षामन्त्री श्रेष्ठ
जेठमा एसईई परीक्षा गर्ने तयारी

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक शत्र असारदेखि सुरु हुने बताएका छन् । मंगलबार सफलता एचआईभी. शिक्षा सदनले आयोजना गरेको सरस्वती पूजा कार्यक्रममा सहभागी भएका मन्त्री श्रेष्ठले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नयाँ शैक्षिक शत्र असार महिनादेखि सुरु हुने बताए ।
‘शैक्षिक शत्र सामान्यतः १२ महिनाको हुन्छ,’ उनले भने, ‘यो वर्ष कोरोना महामारीका कारण १४ महिनाको हुने भयो । दुई महिनाजति लम्ब्याएर जेठमा एसईई परीक्षा गर्ने तयारी छ । नयाँ शैक्षिक शत्र असारबाट सुरु हुन्छ । यो वर्ष १४ महिनाको शैक्षिक शत्र हुन्छ । अर्को वर्ष १० महिनामै सक्नेगरी व्यवस्थापन गर्छौ ।’
यस निम्ति मन्त्रालयले तयारी गरीसकेको उनको भनाइ छ । त्यस्तै मन्त्री श्रेष्ठले शिक्षक सेवा आयोगमा रिक्त रहेका पदाधिकारीको नियुक्तिका लागि मन्त्रिपरिषद्मा पठाइएको र छिट्टै टुंगो लाग्ने जानकारी दिए । आगामी दिनमा एचआईभी संक्रमित विद्यार्थीको उच्च शिक्षाका लागि राज्यको नीति तथा कार्यक्रममा पारेर निश्चित बजेट बिनियोजन गर्ने समेत मन्त्री श्रेष्ठले बताए।
मन्त्री श्रेष्ठले समाजमा चेतनाको कमीले एचआईभी संक्रमितहरूले अपहेलित र उपेच्छित जीवन बिताउनुपर्ने अवस्था रहेको भन्दै उनीहरूको कदर र सम्मान हुनुपर्ने बताए । सबै विद्यालयहरूमा सामाजिक रुपान्तरण रहेको उनको भनाइ छ । मन्त्री श्रेष्ठले सफलता एचआईभी सक्रमित बालबालिकासँग सरस्वती पूजा मनाएका थिए ।

‘सरकाले दिएको कार्यादेश अनुसार नेपाल रेडक्रसको केन्द्रीय समितिले काम गर्ने’

काठमाडौँ प्रहरी प्रमुख अधिकारी भन्छन्- गुण्डाहरूको गतिविधि निस्तेज पार्न अपरेशन…

जब हृदयन्द्रको जुम्ला यात्राले सामाजिक सञ्जाललाई मोहित बनायो...

इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

ट्याङ्करले ठक्कर दिँदा सात जना घाइते

पुनर्निर्माणका लागि साततले दरबार भत्काउन सुरु

प्रतिक्रिया