धनुषाको खेतमा भेटियो एक महिलाको शव

जनकपुरधाम : धनुषाको कमला नगरपालिका-२ माची झिटकैयामा एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान खेतमा एक महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय खजुरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीका प्रहरी निरीक्षक हृयेन्द्र रोकायाकाअनुसार हुलाकी राजमार्गभन्दा करीब १० मिटरभित्र खेतमा महिलाको शव फेला परेको हो । उनी स्थानीय खुसिया गडेरीको श्रीमती हुन् । उनका दुई श्रीमती छन् । मृतक महिला जेठी पत्नी हुन् ।
बिहान एक स्थानीय युवक शौचका लागि खेतमा गएको बेला महिलाको शव देखेपछि प्रहरीलाई फोन गरेर जानकारी गराएको वडा नम्बर २ का अध्यक्ष धनेश्वर यादवले बताए । उनको हत्या गरेर खेतमा फालेको हुनसक्ने आशंका गरिएको छ । ईलाका प्रहरी कार्यालय खजुरीको प्रहरी टोली शव नियन्त्रणमा लिई पोष्टमार्टमका लागि पठाएर अनुसाधान थालिसकिएको रोकायाले बताए ।

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रभावकारी बन्दै सुत्केरी तथा गर्भवती पोषण कार्यक्रम

जसपा बारा अध्यक्षमा रमेश यादव

प्रतिक्रिया