आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

तस्बिरमा सरस्वती पुजा

काठमाडौँ : विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्दै मंगलबार श्रीपञ्चमी मनाइएको छ । हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन देशभरका सरस्वती मन्दिरमा श्रद्धालुको भीड लाग्‍ने गरेको छ ।

यो दिन साना बालबालिकालाई अक्षरारम्भ गराउने पनि चलन छ । यसदिन सरस्वतीको पूजा गरे बुद्धि बढ्नुका साथै अध्ययनमा राम्रो हुने विश्वास रहेको छ । ऋतुहरूको राजा बसन्तको सुरुवात हुने दिन भएकाले यस दिनलाई बसन्त पञ्चमी पनि भनिन्‍छ । यसै समयदेखि दाफा लगायत विभिन्‍न भजन समुहले बसन्त राग गाउन थाल्छन् । सरस्वतीलाई महाविद्या, महावाणी, भारती, शारदा लगायत नामले समेत सम्बोधन गरिन्‍छ ।