भाजपाले नेपालमा सरकार बनाउँछु भन्नु रअका प्रमुखलाई ओलीले बालुवाटारमा भेटेको परिणाम हो : भीम रावल

काठमाडौँ : नेकपा दाहाल-नेपाल समूहका नेता भीम रावलले भारतीय गुप्तचर संस्था (रअ)का प्रमुखसँग बालुवाटारमा राती भेट्नुले नेपालमा भारतको खुलेआम हस्तक्षेप बढेको बताएका छन् । मध्यरातमै बालुवाटार बोलाएर रअ प्रमुखसँग कामचलाउ सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले भेट्दा भारतीय नेताले नेपालमा भारतीय जनता पार्टीको सरकार बनाउँछौ भनेर हस्तक्षेप गरेको रावलको भनाई छ ।
नेपालमा भारतीय हस्तक्षेप बढ्नुमा प्रधानमन्त्री ओली जिम्मेवार रहेको पनि रावलले दाबी गरे । ‘हालै भारतीय गृहमन्त्रीलाई उदृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ’ भीम रावलले ट्वीटरमा लेखेका छन्, ‘यो प्रधानमन्त्री ओलीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो ।’
हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ।यो प्रमं केपीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम हो।नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन ।
— Bhim Rawal, PhD (@BhimRawal179) February 16, 2021
भारतीय गृहमन्त्री अमित शाहले नेपाल र श्रीलंकामा भाजपाको सरकार बनाउने योजना बनाइरहेको बताएको भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लव देवले भारतीय पत्रिकालाई बताएका थिए । जुन समाचार छापिएपछि नेपालमा पनि तरंग उत्पन्न भएको थियो ।
केही समयअघि एक उच्च भारतीय अधिकारीले नेपालमा विवादरहित व्यक्तिलाई प्रधानमन्त्री बनाउने योजना भइरहेको समाचार पनि बाहिर आएको थियो । जसको आलोचना भएको थियो ।

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया