कामचलाउ प्रधानमन्त्री ओलीद्वारा इटालीका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई

काठमाडौँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले इटालीको प्रधानमन्त्रीमा नियुक्त भएका मारियो ड्राघीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । प्रधानमन्त्री ओलीले सोमबार इटालीका आफ्ना समकक्षीलाई एक शुभकामना सन्देश पठाउँदै त्यहाँका जनताको शान्ति र समृद्धिको कामना गरेका छन् ।
प्रधानमन्त्रीले दुई देशका बीचमा लामो समयदेखि रहेको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप विस्तार हुने विश्वास व्यक्त गरेका छन् । उनले इटालीका प्रधानमन्त्रीसँग नजिक रहेर आगामी दिनमा उत्पादनमूलक क्षेत्रहरु जस्तै व्यापार र लगानीका क्षेत्रमा काम गर्ने र जनस्तरको सम्बन्धलाई थप सुदृढ गर्ने बताएको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता

‘सरकारले जनअपेक्षा अनुरुप काम गर्न सकेन'

विनियोजन विधेयक यथार्थपरक, आत्मनिर्भर र दीगो विकासमा केन्द्रित : अर्थमन्त्री पौड…

डिजिटल फेमवर्कको उद्देश्य पुरा गर्न डिजिटल साक्षरता अनिवार्य: मन्त्री गुरुङ

‘आगामी बजेटमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्रमुख प्राथमिकता दिनुपर्ने’

प्रधानमन्त्रीसँग भारतका वनमन्त्रीको शिष्टाचार भेट

प्रतिक्रिया