केही सचिवद्वारा रमाना पत्र बुझ्न अस्वीकार

काठमाडौं : छापामार शैलीमा सरुवामा परेका केही सचिवहरूले रमाना पत्र बुझ्न अस्वीकार गरेका छन् । मुख्य सचिव शंकरदास बैरागीले सरुवामा परेका सचिवहरूलाई रमाना पत्र लिन बोलाएपछि केही सचिवहरूले अस्वीकार गरेका हुन् । एउटा ठाउँमा सरुवा गरेको भनिए पनि अर्कै ठाउँमा सरुवा भएको पाइएपछि केही सचिवहरूले सरुवामा चरम असन्तुष्टि जनाएका हुन् ।
प्रधाननमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार उनीहरूले मुख्य सचिव बैरागीलाई प्रधानमन्त्रीसँग परामर्श गर्न दबाब दिएका छन् । मन्त्रिपरिषद्ले बिहीबार गरेको सचिव सरुवाको सूची सार्वजनिक नगरिकन निर्णय तलमाथि गरेपछि मुख्य सचिवसँग सचिवहरूको भनाभनसमेत भएको छ ।
सम्बद्ध मन्त्रीले पनि आफ्ना सचिवको कहाँ सरुवा भएको थाहा पाउन सकेका छैनन् । एक सचिवले भने, ‘रमाना पत्र बुझेपछि मात्र हुन्छ, मन्त्रिपरिषद्को निर्णयपछि पनि नाम तलमाथि भएको छ भन्ने सुनेको छु । पाँच दिनसम्म भूमिगत राखेर निर्णय नै तलमाथि गरेको छ ।
केही मन्त्रीले आफ्ना सचिवलाई दिउँसो बोलाउँदै सरुवा भएको स्थान रमाना पत्र हेरेपछि मात्र थाहा हुने जनाउ दिएका थिए । बिहीबारको मन्त्रिपरिषद्ले सचिव सरुवाको निर्णय गरे पनि त्यसलाई सार्वजनिक नगरी मुख्य सचिवले खुसुखुसु बोलाउँदै रमानापत्र थमाउँदै आएका छन् ।
सरुवामा परेका सचिवलाई आफू कहाँ सरुवा भएँ भन्ने कुरा रमाना पत्र हेरेपछि मात्र थाहा हुने स्थिति आएपछि मुख्य सचिवले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको भनी सचिवहरू आक्रोशित छन् । सूची सार्वजनिक नभएपछि सिंहदरबारका सचिवहरू अन्यौलग्रस्त थिए ।

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया